पथप्रदर्शक पुनर्ताजगी कार्यक्रम सम्पन्न

भक्तपुर, ७ चैत भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको संयुक्त आयोजनामा बिहीवार स्थानीय पथप्रदर्शक पुनर्ताजगी कार्यक्रम भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पथप्रदर्शकहरू सांस्कृतिक सूचनाको प्राथमिक स्रोत हुने भएकोले स्थानीय विषयको प्राथमिकताका साथ गहन अध्ययन गर्नुपर्ने बताए । उनले भक्तपुरबारे पूर्ण जानकार पथ प्रदर्शक उत्पादन गर्न नगरपालिकाले विभिन्न समयमा तालिम सञ्चालन गरिरहेको […]

Continue Reading

आधारभूत तह कक्षा ८ को परीक्षा शुरु

भक्तपुर, ७ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीवार आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७५ को परीक्षा केन्द्र एभरेष्ट इङ्गलिस सेकेन्डरी स्कूल, बासु मावि र वागीश्वरी माविको स्थलगत निरीक्षण गरेको छ । चैत ७ गतेदेखि शुरु भएको कक्षा ८ को परीक्षामा भक्तपुर नगरपालिकाभित्रका ६७ वटा विद्यालयका २ हजार ४ सय ६९ जना विद्यार्थीहरु परीक्षामा […]

Continue Reading

प्रज्ञामा विश्व कविता दिवस

काठमाडौं, ७ चैत्र नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्य विभागद्वारा विश्व कविता दिवस (२१ मार्च)का अवसरमा बिहीवार विशेष कवि गोष्ठीको आयोजना भएको छ । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सवको (दिवस)को भव्य आयोजना गर्ने गरेको सुनाउँदै कवि […]

Continue Reading

तराई–मधेशमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम, ७ चैत समानता र निष्छलताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका […]

Continue Reading

बिरामीको चाप हुँदा भुइँमा राखेर उपचार

जाजरकोट, ७ चैत  जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले बिरामीलाई भुइँमा राखेर उपचार गरिँदै आएको छ । पचास श्ययाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुइँमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका डा महेश सेजुवालले जानकारी दिए । झाडापखाला र टाउको दुखाइलगायत रोगका बढी बिरामी उपचारका लागि आएको उनले बताए । निर्माण व्यवसायीको लापरवाहीका कारण […]

Continue Reading

हाडे रोगको प्रकोप बढ्यो

सोलुखुम्बु, ७ चैत सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई समेत यसको सङ्क्रमण देखियो । एक […]

Continue Reading

वसन्त ऋतुमा लालीगुराँसको रौनक

गलेश्वर, ७ चैत  यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छ । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ । कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले जङ्गली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर […]

Continue Reading