अन्तर्राष्ट्रिय सम्मेलन शुरु

रुपन्देही, १२ चैत  लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्डस, इन्डोनेसिया, श्रीलङ्का, भारत र […]

Continue Reading

नेपाल र अफगानिस्तान प्रतिष्ठाका लागि भिड्ने

काठमाडौँ, १२ चैत  एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच आज हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन् । कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन् । खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ […]

Continue Reading

खानेपानीको अभाव

फिदिम, १२ चैत  पाँचथरको फिदिममा सञ्चालित फिदिम बृहत् खानेपानी तथा सरसफाइ आयोजनाको पाइपलाइन भीरको टाकुरामा खुस्किएपछि फिदिममा खानेपानीको अभाव भएको छ । आयोजनाको फिदिम नगरपालिका–१ नाम्दु खोलास्थित छङछङे झरना छेउभीरको टाकुरामा डिआइ पाइपको जोड्नी (कब्लिङ) खुस्किएपछि खानेपानीको प्रवाह अवरुद्ध भएको हो । खानेपानी अवरुद्ध भएसँगै फिदिममा खानेपानीको अभाव भएको छ । खानेपानी लिन स्वच्छ पिउने […]

Continue Reading