सफ्टवेयरमा समस्या स् भएन शेयर कारोवार

काठमाडौँ, १३ चैत प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज अपराहन १.४२ देखि शेयर कारोवारमा समस्या देखिएको हो । स्टकका प्रवक्ता मुराहरि पारजुलीले प्राविधिक समस्याका कारण कारोवारमा समस्या आएको र समय थप गरेर भएपनि कारोवार गराउने तयारी गरिएको छ । उनले थापाथलीमा रहेको डेटा […]

Continue Reading

सूक्ष्म प्रकाशकीय चिपको विकास

ललितपुर, १३ चैत  नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी(शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम) नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पु¥याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कुद्ने काम गरिएको हो । फुटुङ रिसर्च इन्ष्टिच्यूटमा कार्यरत […]

Continue Reading

रु २० लाख लिएर संस्था फरार

डोटी, १३ चैत पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा एक संस्था स्थानीयवासीका लाखौ रकम लिएर फरार भएको छ । गत जेठमा दिपायलमा क्षेत्रीय कार्यालय खोलेको कर्णाली एग्रीकल्चर डेभलपमेन्ट नेपालले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बैतडी, बाजुरा, बझाङ र डोटीबाट रु १९ लाख ९४ हजार २०० लिएर फरार भएको स्थानीयवासीको आरोप छ । यहाँका पहाडी जिल्लामा विभिन्न बचत […]

Continue Reading

लेप्चा सङ्ग्रहालय बन्ने

मङ्गलबारे, १३ चैत लोपोन्मुख सूचीमा सूचीकृत लेप्चा जातिको बाहुल्य रहेको इलामको पूर्वी रोङ गाउँपालिकामा लेप्चा सङ्ग्रहालय बन्ने भएको छ । लेप्चा जातिको संस्कृति झल्कने गरी गाउँपालिकाले गुरूयोजना बनाएर नै सङ्ग्रहालय बनाउने छ । सङ्ग्रहालय निर्माणका लागि तीन रोपनी जग्गा आवश्यक पर्ने भएकाले जग्गा व्यवस्थापनको काम भइरहेको गाउँपालिकाले जनाएको छ । यसैक्रममा गाउँपालिकाको प्रतिनिधिमण्डलले भारतको कालिम्पोङमा […]

Continue Reading

घुम्टेमा गुराँस उत्सव हुने

गलकोट, १३ चैत लालीगुराँस संरक्षणका लागि बागलुङमा ‘गुराँस उत्सवको आयोजना गरिने भएको छ । पछिल्लो समय गुराँसका वनमा सडक विस्तार तथा फँडानीले गर्दा गुराँस मासिँदै गएकाले यसको संरक्षणका लागि पर्यटन विकास केन्द्र बागलुङले नयाँ वर्ष २०७६ को अवसरमा यहाँको घुम्टे पहाडमा ‘गुराँस उत्सवको आयोजना गर्ने भएको हो । उत्सव चैत ३० र वैशाख १ गते […]

Continue Reading

आधारभूत तहमा अध्यापनरत शिक्षकहरूको प्रशिक्षण सुरू

भक्तपुर १३ चैत भक्तपुर नपाद्वारा आयोजित आधारभूत तह (कक्षा १ देखि ५) मा अध्यापनरत शिक्षकहरूको विषयगत पाठ्यक्रममा आधारित विद्यार्थी केन्द्रित शिक्षक प्रशिक्षण बुधबारबाट सुरु भएको छ । शिक्षकहरुको प्रशिक्षण उद्घाटन कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामुदायिक र संस्थागत विद्यालयको सन्तुलन मिलाएर अगाडि बढेमा एउटै शैक्षिक  गुणस्तरीय शिक्षा दिन सकिने विचार व्यक्त गरे । […]

Continue Reading

भक्तपुर नपामा नयाँ प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई स्वागत

भक्तपु १३ चैत भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत यामलाल सुवेदीलाई सोमबार एक समारोहबीच भक्तपुर नगरपालिकामा स्वागत गरे । आज आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको उद्देश्य जनताको सेवा गर्ने र देशको उत्कृष्ट नपाको रुपमा स्थापित गर्ने बताएो । उनले जनप्रतिनिधिले बनाएको नीति सही तरिकाले […]

Continue Reading

रु ९७ लाख राजश्व सङ्कलन

  भक्तपुर १३ चैत्र जिल्ला मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महीनामा रु ९७ लाख बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म विभिन्न ६ शीर्षकमा रु ९७ लाख ५७ हजार १९४ राजश्व सङ्कलन गरेको हो । जसअनुसार घरजग्गा रजिष्ट्रेशन दस्तुर रु ५९ लाख २४ हजार २०५, पुर्जा बिक्री रु […]

Continue Reading

उत्पादित जडीबुटीले बजार पाएन

भोजपुर, १३ चैत  उत्पादित जडीबुटीको बजारीकरणसँगै प्रशोधनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । डिभिजन वन कार्यालय भोजपुरमा आज आयोजना गरिएको जडीबुटीखेती सम्बन्धी अन्तरक्रियाका सहभागीले जिल्लामा धेरै प्रकारका जडीबुटी उत्पादन हुने गरेको भए पनि बजारीकरण तथा प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेकोले त्यसतर्फ ध्यान दिन सरोकारवाला पक्षलाई आग्रह गरेका हुन् । उनीहरुले जडीबुटी किसानले वास्तविक […]

Continue Reading