भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत

भक्तपुर, २९ फागुन भक्तपुर नगरपालिकाको आयोजनामा बुधवार भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित र शान्तिपूर्ण तरीकाले सम्पन्न गर्न विभिन्न सरोकारवालासँग भेला तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त भेलामा विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, स्थानीय बुद्धिजीवी र संस्कृतिप्रेमीहरुको उपस्थिति रहेको थियो । आन्तरिक र बाह्य पर्यटक पनि उपस्थित हुने बिस्केट जात्रा सञ्चालनलाई मर्यादित बनाउन नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय […]

Continue Reading

मेलम्ची आयोजनाका मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची, २९ फागुन मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन् । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । मेलम्ची खानेपानी आयोजनाको सुरुङलगायत संरचना निर्माणको जिम्मा लिएको इटालियाली कम्पनी सिएमसी भागेपछि कर्मचारी र आपूर्तिकर्ताले चिन्ता व्यक्त गरेका छन् । सुरुङ निर्माण कार्यमा […]

Continue Reading

गलाको पासो बन्दै घर बनाउँदाको ऋण

बलेवा, २९ फागुन भूकम्पका कारण भत्केका घर ऋणधन गरेर पुनःनिर्माण गरेका बागलुङको जैमिनी नगरपालिकाका पीडितलाई बनेको घर नै बोझिलो बन्न थालेको छ । सरकारले दिने अनुदानको आशाले ऋण खोजेर घर पुनःनिर्माण गरेकालाई ब्याजको भारी थपिन थालेको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत पीडितका लागि सरकारले अनुदान उपलब्ध गराइरहेको भए पनि विभिन्न बहानामा यहाँका पीडितले अनुदान रकम […]

Continue Reading

पाँचखालमा एक हजार ७९ घर निर्माण

बनेपा, फागुन २९ आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, भवन विभाग र ह्याविट्याट फर ह्युमनिटी नेपाल गरी त्रिपक्षीय सम्झौतामा उक्त नगरपालिकाको १३ वटै वडामा विशेष गरी आर्थिक अभावका कारण भूकम्पले क्षति पुगेका […]

Continue Reading

सडक छेउमै शवगृह, दुर्गन्ध फैलियो

परासी, २९ फागुन पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बजारको मुख्य भाग बुद्धचोक नजिकै सडक छेउमा रहेको शवगृहका कारण दुर्गन्ध फैलिएको छ । पुरानो भएकाले शवगृहमा शवको दुर्गन्ध कम गर्ने कुनै आधुनिक उपकरण छैन, जसले गर्दा लामो समयसम्म शव राख्दा त्यसको दुर्गन्धका कारण आसपासका बासिन्दालाई सास्ती भएको छ । दुर्गन्धका कारण सर्वसाधारण नाक छोपेर हिँड्नुपर्ने अवस्था छ […]

Continue Reading

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२:३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा […]

Continue Reading