‘स्मार्ट‘ चालक अनुमतिपत्र वितरण बाँकी

काठमाडौँ, २८ फागुन यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार पहिले सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको वितरण गर्न नसकिएकामा अहिले त्यो अवधि कम हुँदै गएको छ । […]

Continue Reading

‘नेपाल भाषाको विद्यालय खोलिने

ललितपुर, २८ फागुन शहरी क्षेत्रमा अङ्ग्रेजी माध्यममा पढाउने विद्यालयको सङ्ख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ । बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए । महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन शुरु गरेको थियो । […]

Continue Reading

‘कोरियाली भाषा परीक्षा आगामी जेठमा

काठमाडौँ, २८ फागुन  रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट […]

Continue Reading

‘श्रम बजारको मागअनुसार तालीमको खाँचो’

काठमाडौँ, २८ फागुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आन्तरिक श्रम बजारमा वर्षेनी थपिने नयाँ युवा जनशक्तिलाई श्रम बजारको मागबमोजिम तालीम दिन आवश्यक रहेको बताएको छ । ‘नेशनल युथ लिडरसीप समिट २०१९’ लाई आज यहाँ सम्बोधन गर्दै उनले श्रम बजारले माग गरेअनुसारको जनशक्ति तयार गर्न सरकारले सीप र तालीम प्रदान गर्ने संस्थालाई एउटै छाताभित्र […]

Continue Reading

गाईमा भ्रुण प्रत्यारोपण

चितवन, २८ फागुन राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरिएको हो । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार अमेरीकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी […]

Continue Reading

घरेलु महोत्सव सम्पन्न

काठमाडौँ, २८ फागुन पन्ध्र करोड चालीस लाख रुपैयाँको कारोबारका साथ १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । यही फागुन २३ गतेदेखि सञ्चालित पाँच दिने मेलाको चार लाख ७५ हजार जनाले अवलोकन गरेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । मेलाको समापन गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘समृद्ध […]

Continue Reading

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

काठमाडौँ, २८ फागुन  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता […]

Continue Reading

सन्दीप स्वदेश फर्कँदै

काठमाडौँ, २८ फागुन राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् । राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप आज दिउँसो ३:३५ बजे कतार एयरवेजबाट नेपाल आइपुग्ने कार्यक्रम रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए । सन्दीपले उक्त प्रतियोगितामा सात खेल खेल्दै ११ विकेट […]

Continue Reading