कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी

भक्तपुर ११ चैत्र नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरुले संस्थागत फाइदा र नाफाको लागि मात्र काम गर्नु उचित नभएको बताए । समाज सुधारको निम्ति सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले सहकारीको पैसा देश र समुदायको हितको निम्ति परिचालन हुनुपर्ने र देशलाई आत्मनिर्भर बनाउन कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे । बाराही बचत तथा ऋण […]

Continue Reading

नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी

काठमाडौँ, ११ चैत नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गरे । हस्तारक्षरसँगै नेपाली कामदारलाई […]

Continue Reading

तीन सरकारी भवन अलपत्र

सुर्खेत, ११ चैत ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन प्रालिले भुक्तानी लिएर अधुरै छाडेकाले ती भवन सात वर्षदेखि अलपत्र परेका हुन् । विपद् व्यवस्थापनका आवश्यक सामग्री भण्डारण गर्ने उद्देश्यले गोदाम घर निर्माण थालिएको […]

Continue Reading

वातावरण संरक्षणका लागि दण्ड सजायको व्यवस्था

धनगढी, ११ चैत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धीकार्य स्वीकृत नगराइ काम गर्नेलाई रु एक लाखदेखि रु २५ लाखसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशसभा बैठकले केही दिनअघि पारित गरेको प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ मा यो ऐन र अन्तर्गतका नियम, निर्देशिका विपरीत कसैलै कुनै कार्य […]

Continue Reading

आगलागीमा चार घर जलेर नष्ट

इनरुवा, ११ चैत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा […]

Continue Reading

नौ वटा झोलुङ्गे पुल अलपत्र

हुम्ला, ११ चैत जिल्लाका निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन् । झोलुङ्गे पुलका ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन । सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन् । २०७२ सालमा […]

Continue Reading

मौसम बदलीसँगै हल्का वर्षाको सम्भावना

काठमाडौँ, ११ चैत  पश्चिमी वायुको प्रभावले आज मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । आज बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक/दुई स्थानमा मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी […]

Continue Reading

भेडापालेर राम्रो आम्दानी

बलेवा, ११ चैत उमेरले ७२ काट्नुभएका कृष्णमुरारी श्रेष्ठको दिन प्राय भेडिगोठमै बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका श्रेष्ठले भेडा पाल्न थालेको ३६ वर्ष भयो । बिहान र बेलुकी घरको धन्दा गर्नु र दिनभर गोठमा रहेका भेडालाई चराउनका लागि नजिकैकको जङ्गलमा पग्नु उनको पेशा हो । गोठभर भेडा पालेर त्यसैबाट हुने आम्दानीले गुजारा […]

Continue Reading