पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी, २१ फागुन नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ । नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका […]

Continue Reading

विदेशबाट फर्केर कुखुरापालन

गलकोट, २१ फागुन बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेको छ । सोचेजस्तो पारिश्रमिक नपाएपछि उनीहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् । नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्केका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा […]

Continue Reading

अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौँ, २१ फागुन प्रतिनिधिसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट तीन पटक प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनले २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएको थियो । यसैगरी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि अधिकारी सांसद हुन्थ्यो । उनको निधनमा सभामुख कृष्णबहादुर […]

Continue Reading

पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

काठमाडौँ, २१ फागुन तराई/मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको […]

Continue Reading

स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित

जाजरकोट, २१ फागुन  नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् । विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । पाठेघर खस्ने रोगबाट पीडित २०० महिलाले उपचार सेवा प्राप्त गरेका छन् […]

Continue Reading

सरकार र ग्यास व्यवसायीबीच सहमतिको पहल

काठमाडौँ, २१ फागुन सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी निकायसँग अनौपचारिक वार्तामा निकास निकाल्ने तयारी भएको हो । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सो विषयमा चाँडै सहमति […]

Continue Reading