उपत्यकामा ३ हजार १०७ नयाँ काेराेना संक्रमित थपिए 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ६ कात्तिक

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार १०७ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ३९१ , ललितपुरमा ५४३  र भक्तपुरमा १७३ जनालाई  कोरोना संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ।

संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ पुगेको छ।

आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। आज देशभर २६ जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *