‘रेडियो सन्देशको बम्पर अफर’ बिज्ञापनदातालाई फागुनमा निःशुल्क बिदेश भ्रमण

हेटौडा, १५ पुस हेटौँडा सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो शुभारम्भको बिशेष कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ । आइतवार हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत बिज्ञापनदातालाई […]

Continue Reading

नेक्रायुसंघ भक्तपुरको ११औं जिल्ला सम्मेलन शुरु

भक्तपुर, १४ पुस नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघको भक्तपुर जिल्ला समितिले शनिवार ११औं भक्तपुर जिल्ला सम्मेलन भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले सिद्धान्त र विचारबाट युवाहरुलाई प्रशिक्षित र राजनीतिकरुपले संगठित गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेमकिपाका सचिव एवं सासद प्रेम […]

Continue Reading

लोकगायक बुद्धिकृष्ण लामिछाने चीर निन्द्रामा

भक्तपुर, १३ पुस लोकगायक बुद्धिकृष्ण लामिछानेको आज निधन भएको छ । भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ७ मा बस्दै आएका लामिछानेको शुक्रबार भक्तपुरस्थित उनकै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए । स्व. लमिछानेका घाँसै काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायतका लोकगीतहरु चर्चित […]

Continue Reading

कविता : आज कसैलाई बिदा गर्नुछ

~मोहन कोइराला~ बाजाहरू बज्छन् बडो मीठो ढङ्गमा म डुब्छु पर्वत-पहाड सब डुब्छन्, जब बाजा बज्छ मङ्गल धुनहरू, आशीर्वाद धुनहरू, मुहुर्त धुनहरू त्यही मङ्गल धुनमा कोही एयरपोर्टबाट फुत्त ओर्लिन्छ कोही आमाको पेटबाट निस्किन्छन् आज कसैले लामो समयको श्वास फेर्यो त्यही बाजामा आज कसैले लामो समयको प्रस्थान गरे कतै बाजाहरू बजे कसैको आगमनको पूर्वतयारी सुरु भयो बाजाहरू […]

Continue Reading

त्रिशूली महोत्सवमा दुई करोड कारोबार

विदुर, १३ पुस नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सवमा दुई करोड रुपैयाँको कारोबार गरी सम्पन्न भएको छ । विद्यालयमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले बताए । सो महोत्सवको बुधबार प्रदेशसभा सदस्य केशवराज […]

Continue Reading

द्वन्दपीडितलाई पुनःस्थापना गरिने

सुर्खेत, १३ पुस  बाँफिकोट गाउँपालिका–२ रूकुम पश्चिमका ६५ वर्षीय मङ्गली खत्रीलगायत दर्जन बढी द्वन्दपीडित महिला बिहीबार पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगे । महिला पुनःस्थापन केन्द्र ओरेक संस्थाद्वारा आयोजित ‘द्वन्द प्रभावित महिलाहरुको सामाजिक न्याय र परिपूरणका लागि प्रदेशस्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मङ्गलीसहित १९ जना महिला त्यहाँ पुगेका थिए । कार्यक्रममा उनीहरुले आफ्ना पीडा, […]

Continue Reading

धान उत्पादनमा वृद्धि

वीरगञ्ज, १३ पुस मौसमको अनुकूलता, समयमा बीउबिजन मलखादको उपलब्धता र समयमा पानी परेका कारण बारा जिल्लामा गत वर्षको तुलनामा यसवर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष २०७५ र ७६ मा यस जिल्लाको ६२ हजार ७०० हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार १६७ दशमलव ८५ मेट्रिक […]

Continue Reading

भरतपुरको मुख्य समस्या अस्पतालको फोहर

रत्ननगर, १३ पुस  मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ । भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो वीपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल […]

Continue Reading

मेगा बैंकले सात दशमलव ८५ प्रतिशत लाभांश दिने

काठमाडौँ, १३ पुस मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई शेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४ र ७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पूँजीको छ दशमलव ८५ प्रतिशतले हुन आउने रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश दिन […]

Continue Reading

लालीगुराँस पुस महीनामै ढकमक्क

जाजरकोट, १३ पुस लालीगुराँस फुल्ने समय फागुन र चैत महीना हो । जलवायु परिवर्तनका कारणले लालीगुराँस मङ्सिर पुस महीनामै फुल्न थालेको छ । प्रजाति र ठाउँको उचाइअनुसार लालीगुराँस विभिन्न समयमा फुल्न सक्ने विज्ञले बताउँदै आएका छन् । समुन्द्री सतहबाट एक हजार ३०० मिटरदेखि तीन हजार तीन हजार २०० मिटरको उचाइमा पाइने लालीगुराँस फुल्ने समय फागुन, […]

Continue Reading