हेटौडा, १५ पुस
हेटौँडा सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो शुभारम्भको बिशेष कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ ।
आइतवार हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत बिज्ञापनदातालाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण गराउने पनि बताए ।
रेडियो सन्देशमा बिज्ञापन दिने बिज्ञापनदातालाई २०७६ वैशाखमा निःशुल्क बिदेश भ्रमण गराउने भनेर रेडियोले यस अघि नै घोषणा गरेको थियो । तर बिज्ञापनदाताहरुको संख्या धेरै भएको कारण २ महिना अघि नै बिदेश भ्रमण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । यही फागुन २३ गतेदेखि २७ गतेसम्म हुने थाईल्याण्ड भ्रमणका क्रममा रेडियो सन्देश र निकास साप्ताहिकको बिशेष कार्यक्रम पनि हुने अध्यक्ष खड्काले बताए ।
थाईल्याण्डमा हुने विशेष कार्यक्रममा रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार समेत दिइने जानकारी दिइएको छ । खड्काले आफ्ना स्वर्गीय पिताको नाउँमा १४ बर्षअघि स्थापना गरेको “रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार” र वर्ष ब्यक्ति सम्मान समेत विशेष कार्यक्रमकै अवसरमा प्रदान गरिने खड्काले बताए ।
कार्यक्रममा रेडियोले शुभारम्भको अवसरमा विज्ञापन दाताको लागि शुरु गरेको निःशुल्क विदेश भ्रमणको योजना अन्तरगत करिब ३ दर्जन विज्ञापनदातालाई समेत निःशुल्क थाईल्याण्ड भ्रमणको अवसर प्रदान गर्न लागेको समेत उनले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुन मकवानपुरे पत्रकार सहित ६० जनाको हाराहारीमा फागुन २३ गते प्रस्थान गर्ने समेत आयोजकको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ तीन नंबर प्रदेशका अध्यक्ष प्रताप विष्टले सञ्चार क्षेत्रले विदेशमा गएर कार्यक्रमहरु गर्नु सुखद पक्ष भएको बताए । पत्रकार सम्मेलनमा पत्रकार महासंघ प्रदेश नंबर ३ का महासचिव कृष्ण सारुमगर, मकवानपुर अध्यक्ष हरि हुमागाई लगायतको आतिथ्यता रहेको थियो ।
असोज १ गतेदेखि प्रसारणमा आएको रेडियोले बिशेषगरी बिज्ञापनदातालाई लक्षित गरेर बम्पर अफर ल्याएको थियो । १ बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रसारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैजाने रेडियोले उद्घोष गरेको छ । बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वनसँगै वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याइएको अध्यक्ष खड्काले जानकारी दिए। बिगत १५ बर्षदेखि मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदै आएको निकास साप्ताहिक र रेडियो सन्देशको सयुक्त आयोजनामा बिदेशमा नै बिशेष सांस्कृतिक कार्यक्रम पनि हुने खड्काले बताए । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०–०७३÷०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखि अनलाईन मार्फत प्रसारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार ९बुद्ध चोक० बाट रेडियो प्रसारणको आरम्भ भएको छ ।
रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह ९रेडियो सन्देश १०६.९ मेगाहर्ज० का अध्यक्ष खड्काले जानकारी दिए । रेडियो दैंनिक बिहान ५ बजेदेखि राती ११ बजेसम्म १८ घण्टा प्रसारण हुने बताइएको छ ।