नेक्रायुसंघ भक्तपुरको ११औं जिल्ला सम्मेलन शुरु

राजनीति विशेष समाचार समाचार

भक्तपुर, १४ पुस


नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघको भक्तपुर जिल्ला समितिले शनिवार ११औं भक्तपुर जिल्ला सम्मेलन भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले सिद्धान्त र विचारबाट युवाहरुलाई प्रशिक्षित र राजनीतिकरुपले संगठित गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेमकिपाका सचिव एवं सासद प्रेम सुवालले समाजबाद उन्मुख संविधान निर्माणमा नेमकिपाको भूमिका अविस्मरणीय भएको बताए । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापा मगर, प्रदेश सांसद सुरेन्द्रराज गोसाई लगायतका बक्ताहरुले समाजवादी गणतन्त्र स्थापनाका लागि युवाहरुलाई योग्य र अनुशासित बनाउन शैनिक तालीम दिएर देश र जनताको सार्वभौमिकताको रक्षा तथा देश विकासमा लगाउनुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगारको नाममा सरकारले मानव तस्करी गरिरहेको भन्दै स्वदेशमै युवाहरुलाई रोजगारी दिनुपर्नेमा जोड दिन्दै सरकारले विकासको नाममा कमिशन र भ्रष्टाचारका गतिविधि गरिरहेकोे आरोप समेत लगाउँदै सहभागी वक्ताहरुले आआफ्ना विचार व्यक्त गरे । विरुवा वसपार्कबाट शुरु भएको र्याली चक्रपाणी चोकमा पुगेपछि सभामा परिणत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *