गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन : विज्ञ समूहद्वारा कार्यपत्र प्रस्तुत

सिन्धुपाल्चोक, १६ पुस मेलम्ची नगरपालिका–९ ज्यामिरे गुफाडाँडामा आज आयोजना गरिएको राष्ट्रिय जलवायु सम्मेलनमा विभिन्न विज्ञ समूहले ११ कार्यपत्र प्रस्तुत गरेका छन् । मङ्गलबार समेत ११ कार्यपत्र प्रस्तुत गरिने छ । कार्यपत्रमाथि समूहगत छलफलपछि निश्कर्षसहित सम्मेलन सकिने जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष सीता सुन्दासले जानकारी दिए। आज जलवायु परिवर्तनको विविधतासम्बन्धी चार तथा जलवायु परिर्वतन र यसको […]

Continue Reading

चार क्यापिटललाई कारवाही

काठमाडौँ, १६ पुस नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारवाहीस्वरुप जरिवाना गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले […]

Continue Reading

राष्ट्रलाई समृद्ध बनाउन सबै दल मिल्नु पर्छ : महामन्त्री सिंह

पर्सा, १६ पुस नेपाली काङ्ग्रेसका महामन्त्री प्रकाशमान सिंहले महामानव विपी कोइरालाले ४० वर्षअगाडि प्रतिपादन गरेको मेलेमिलापको सिद्धान्तको सान्दर्भिकता अहिले अझै बढेको बताएको छ । महामन्त्री सिंहले राष्ट्रियताको रक्षा गर्दै प्रजातन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्तिबीच मेलमिलाप हुनुपर्ने विपी कोइरालाले २०३३ सालमा प्रतिपादन गरेको सिद्धान्तको अहिले बढी आवश्यकता महसुस भएको बताए । काङ्ग्रेस पर्साद्वारा आज वीरगञ्जमा […]

Continue Reading

काठमाडौँको तापक्रम शून्य डिग्रीमा झर्यो

काठमाडौँ, १६ पुस काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । आइतबार […]

Continue Reading

आगलागी प्रभावितलाई सहयोग

काठमाडौँ, १६ पुस काठमाडौँस्थित एल.आर.आई विद्यालयले कर्णाली प्रदेश, कालिकोटको पाताल गाउँपालिका–१ खाडा गाउँका आगलागी पीडित परिवारलाई रु एक लाख पचास हजार बराबरको सहयोग प्रदान गरेको छ । विद्यालयले १२० वटा बलाङ्केट, १२० वटा झोला, लत्ता कपडासहित पुस्तकालय सामग्री सहयोग गरेको हो । आज यहाँ आयोजित कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष शिवराज पन्तले काठमाडौँ महानगरपालिका शिक्षा विभाग […]

Continue Reading

भक्तपुर बचतका ज्येष्ठ नागरिक शेयर सदस्यको भ्रमण सम्पन्न

भक्तपुर, १६ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को युवा तथा खेलकूद उपसमितिको आयोजनामा संस्थाका ज्येष्ठ नागरिक शेयर सदस्यको दुई दिने भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । भ्रमणका क्रममा पहिलो दिन पुस १४ गते देवघाटमा दर्शन गरेर पुस १६ गते मनकामना दर्शन गरी फर्केका थिए । जम्मा ५० जना तिर्थालुको उपस्थिति रहेको उक्त भ्रमणमा […]

Continue Reading

सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा

ललितपुर, १५ पुस पाटन संग्राहलयमा लाईट र द इसेन्स नामक दुइवटा एकल चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको लाईट र रिया बज्राचार्यको द इसेन्स नाम दिइएको एकल चित्रकलाको संयुक्त रुपमा उद्घाटन गरिएको हो । ललितपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनद्धारा उद्घाटन गरिएको उक्त चित्रकला प्रदर्शनीमा सरुनादेवी महर्जनका लाईट […]

Continue Reading

पत्रकार महासंघ सुनसरीको आफ्नै भवन उद्घाटन

धरान, १५ पुस नेपाल पत्रकार महासंघ सुनसरीले करिब २२ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न हल सहितको दुई तले भवन निर्माण सम्पन्न गरेको छ । आइतबार सम्पन्न महासंघ सुनसरीको ११ औं वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले भवनको उदघाटन गरेका छन् । ४ वर्ष अघि महासंघको नाममा प्राप्त भएको […]

Continue Reading

प्रजातान्त्रिक योद्धा राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशित

काठमाडौँ, १५ पुस सरकारले प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार १० रुपैयाँ दरका टिकटमा टाँचा लगाए । रामप्रसादकै नाममा यसअघि २०५५ सालमा ७५ पैसा दरका टिकट प्रकाशन गरिएको थियो । उनी २००७ सालको क्रान्तिमा भोजपुर क्षेत्रबाट लडेका थिए । दिल्ली सम्झौताप्रति […]

Continue Reading

सामाजिक सदभाव बिथोल्नेप्रति सचेत हुन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं, १५ पुस प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको भन्दै राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । तमु ल्होसार पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदभाव बिथोल्ने प्रयास गर्नेहरुलाई परास्त गरेर अघि बढ्न सबै समुदायलाई आव्हान गरे । प्रधानमन्त्री ओलीले सरकारले सबै क्षेत्रको विभेद अन्त्यका लागि विशेष नीति […]

Continue Reading