काठमाडौँ, ९ पुस
अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् ।त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध आज भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिन सफल भएका छन् । सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक÷एक विकेट लिएका थिए । पहिलो ओभरमा एलेक्स डोलानलाई बोल्ड आउट गरेका सन्दीपले तेस्रो ओभरमा म्याथ्यु वेडको विकेट लिएका थिए । त्यसैगरी चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटको विकेट लिन सफल भएका थिए ।
सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिइसकेका छन् । यसअघि सन्दीपले डेब्यु खेलमा सिड्नी थण्डरविरुद्ध पनि दुई विकेट लिएका थिए ।
अठार वर्षे सन्दीप यसै वर्षको शुरुमा इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा डेब्यू गरेको सन्दिपले यही एक वर्षमा क्यारेवियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाइसकेका छन् ।