भक्तपुरमा नेपाल भाषा साहित्य तःमुंज्याको शुभकामना

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २२ कात्तिक


जनता म्वासा भाषा म्वाइँ अर्थात जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ विगत नेपाल संवत् ११०० मा स्थापना भएको नेपाल भाषा साहित्य तःमुंज्याले आज बिहीवार बृहत् प्रभातफेरीका साथ शुभकामना कार्यक्रम गरेको छ ।
भक्तपुरको कमलविनायक र गःहिती दुई ठाउँबाट शुरु भएकाे कार्यक्रम दरबारस्क्वायरमा पुगी समापन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मातृभाषामा पढाएमा हरेक कुरा चाँदै सिक्नसक्ने अवधारणासहित अंग्रेजी नेवारी शब्दकोष बनाउने नेपाल भाषाका मास्तर जगतसुन्दर मल्ललाई आजको दिनमा सम्झनुपर्ने बताए । साथै उनले आफ्नै मातृभाषामा पढेमा पढाएमा मात्रै भाषा रहिरहने भएकोले यसको सम्बद्र्धन गर्नुपर्ने हाम्रो कर्तव्य भएको विचार राखे ।
उनले कला र संस्कृतिको धनी देश नेपालमा भक्तपुरबाटै सांस्कृतिक नगर घोषणाका लागि अघि बढेको बताए । सांकृतिक नगरको घोषणा, पर्यटकीय गन्तव्यस्थल र शिक्षा र स्वास्थ्यमा अगाडि बढ्नु नै सभ्यताको परिचय भएको बताउँदै यसको सम्बद्र्धन गर्नु कर्तब्य भएको बताए । साथै उनले सरकार अपराधीहरुको संरक्षक भएको स्पष्ट पारे ।


प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सरकारले जातीय दमन र द्धन्द्ध चर्काइरहेको बताउँदै उनले राजनीतिक सुझबुझसम्म नभएका ठूला पार्टीका नेताका कारण प्रदेश ३ भित्र भारतीय विस्तारवादबाट देशको सम्प्रभुसत्ता र सीमाअतिक्रमण बढिरहेको बताए । विदेशी दास मनस्थितिका नेकपाका नेताहरु स्वविवेकमा आत्मनिर्भर भई काम गर्न नसकेको औल्याए । तिनीहरुबाट देशले कुनै आशा गर्न नसकेको उनी बताउँछन् । तिनीहरु माक्र्सबादी सिद्धान्तलाई अँगाल्न नसकेको तर्क राख्दै तःमुंज्या सांस्कृतिक र राजनीतिक दबू भएकाले माक्र्सको दुई सयऔं बार्षिक जयन्तीको अवसरमा यसपालीको तःमुंज्या सम्पन्न गरेको बताए ।


त्यस्तै अर्का प्रदेशसभा सदस्य सृजना सैंजुले नेपालको निरिह दास प्रवृत्तिको सरकारका कारण भारतीय विस्तारवादबाट नेपालमा सांस्कृतिक र राजनीतिक हस्तक्षेप भएको चर्चा गरे । उनले राज्यले दबाएका सम्पूर्ण जातजाति, धर्म, संस्कृतिका जनताले सरकारविरुद्ध आवाज उठाउनुपर्ने पनि बताइन् ।
तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलकको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न टोलका ८० वटाभन्दा बढी सांस्कृतिक टोली, दाफा, भजन, सहकारी संस्था, टीम, क्लव, विद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ ।


अाज म्हःपूजा र नेपाल संवत ११३९ काे अवसर पारी विभिन्न समूहहरूबाट साँस्कृतिक झाँकीसहित देशभर विविध गतिविधिका साथ मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *