भक्तपुर नगर व्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

भक्तपुर, १७ कात्तिक भक्तपुर नगरपालिकाले राष्ट्व्यापी अन्तर नगर मेयर कप कराते प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ । भक्तपुर नगरव्यापी अन्तर विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको पुरस्कार बितरण समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले सो प्रतियोगिता अयोजना गर्ने घोषणा गरेको हो । नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालको आतिथ्यतामा भएको सो कार्यक्रममा प्रतियोगितामा प्रथम भएका […]

Continue Reading

तिहार नजिकिँदा प्रजापति समुदायलाई भ्याइनभ्याइ

भक्तपुर, १७ कात्तिक हिन्दुको दोश्रो महान् चाँड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाडा बनाउँदै आएका कुमाल समुदायका प्रजापतिहरुलाई यतिखेर भ्याइनभ्याइ छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, पोटरीस्क्वायर, च्याम्हासिंह, जगाती, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याइ भएको हो । माटोको अभाव भएको र तिहारमा मात्रै पाला, धुपौरालगायतका माग बढ्ने, अरु बेलामा […]

Continue Reading

मोटरसाइकल दुर्घटनामा मृत्यु

बागलुङ, १७ कात्तिक जिल्लाको बडिगाड गाउँपालिका–२ लु६प ८१३७ नम्बरकोे मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन् । दुर्घटनामा गुल्मी मुसिकोट नगरपालिका–६ निवासी मेनुका शर्माको मृत्यु भएको छ भने उनका श्रीमान् ध्रुव शर्मा घाइते भएको स्थानीयले जनाएका छन् । मोटरसाइकल करीब १०० मिटर तल बडीगाड खोलामा खसेको थियो । बडीगाड गाउँपालिका […]

Continue Reading

कालीञ्चोकमा चल्यो केबुलकार, ५ सय मात्रै शुल्क

जिरी,  १७ कात्तिक दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ । कालीञ्चोक केबलकारको चारवटा कार रहेकोमा एउटा […]

Continue Reading