चार दिनसम्म जोर विजोर प्रणाली

काठमाडौं, ११ मङ्सिर काठमाडौं उपत्यकामा मंसिर १३ देखि १६ गतेसम्म सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाणी लागू गरिने भएको छ । मंसिर १४ देखि काठमाडौंमा सुरु हुने ‘एसिया प्यासेफिक समिट’मा सहभागी हुन विभिन्न देशका अतिविशिष्ट, विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन जोरबिजोर प्रणाली लागू गर्न लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । समिट १४ देखि […]

Continue Reading

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइन

काठमाडौँ, ११ मङ्सिर नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए । महासङ्घले सबै […]

Continue Reading

रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

नुवाकोट, ११ मङ्सिर रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताए । कार्यक्रममा इन्सुरेन्सका निमित्त प्रमुख कार्यकारी […]

Continue Reading

कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न

काठमाडौँ, ११ मङ्सिर कोटेश्वर–कलङ्की सडकको निर्माण कार्य सकिएको छ । सडक निर्माणको काम पूरै सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । दश दशमलव चार किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घाई कन्सट्रक्सन ग्रुपले गरेको हो । “सडक निर्माण कार्य सकिएपछि अहिले सडक चिन्ह् लगाउने काम […]

Continue Reading

विमानस्थलका सवारी साधन नयाँ पार्किङ भवनमा

कठामाडौँ, ११ मङ्सिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवनमा सारेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ । निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो । टर्मिनल अघि अव्यवस्थित पार्किङले अस्तव्यस्त […]

Continue Reading

ह्याचरी व्यवसायीले माग घटेपछि फुल नष्ट गर्दै

चितवन, ११ मङ्सिर कुखुराको चल्लाको माग घटेपछि ह्याचरी उद्योगले चल्ला उत्पादन गर्ने फुल नष्ट गर्ने भएका छन् । देशभरका लेयर्स ह्याचरीले चल्ला उत्पादन गर्ने कूल फुलमध्ये आधा फुल नष्ट गर्ने र आधाको मात्रै उत्पादन गर्ने निर्णय गरेका हुन् । ह्याचरी उद्योग सङ्घ चितवनका अध्यक्ष ज्ञानुराम बिसुरालका अनुसार केन्द्रीय समितिको बैठकले भोलि बुधबारदेखि सबै ह्याचरीले चल्ला […]

Continue Reading

चोभारमा खचाखच पर्यटक

कीर्तिपुर, ११ मङ्सिर ललितपुर उपमहानगरपालिका–२७ सुनाकोठीका नन्दराम महर्जनलाई कीर्तिपुरको चोभारले लोभ्यायो । ऐतिहासिक र धार्मिक दृष्टिले अति नै महत्व रहेको सुन्दर डाँडा चोभारबाट देखिने उपत्यकाका विभिन्न दृष्य तथा आकर्षक मञ्जुपार्क, प्रेमिल जोडीसहित विभिन्न स्थानमा वनभोजमा रमाउँदै गरेका मानिस, मञ्जुश्री गल्छीबाट सुसाउँदै गरेको वाग्मती नदीका साथै जलविनायक तथा आदिनाथको मन्दिर दर्शन गर्न पाउँदा उनमा निकै खुशी […]

Continue Reading

पाँच सय किसान व्यावसायिक मौरीपालक बन्दै

पशुपतिनगर, ११ मङ्सिर परम्परागत रुपमा मौरीपालन हुँदै आएको इलामको रोङ गाउँपालिकामा व्यवसायीकरणका लागि मौरी विकास शाखा स्थापना भएको छ । कृषि विकास शाखाबाटै कार्यक्रम कार्यान्वयन हुनेगरी गाउँपालिकाले मौरी विकास शाखा स्थापना गरी व्यावसायिक मौरीपालनको काम शुरु भएको हो । स्थानीय तहमा मौरी संरक्षण र प्रवर्धन शुरु गरेको गाउँपालिकाले पाँच वर्षमा पाँच सय किसानलाई व्यावसायिक मौरीपालक […]

Continue Reading

‘नयाँ युग’को सामाजिक सुरक्षाबाट श्रमिकले पाउँछन् के ?

काठमाडौं, ११ मङ्सिर सोमबार काठमाडौं सहरका बिजुलीका पोलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तस्बिरहरू टाँसिए। त्यस्ता तस्बिरको छेउतिर लेखिएको थियो-नयाँ युगको सुरूआत। मंगलबार बिहान प्रमुख राष्ट्रिय दैनिकहरूमा त्यही व्यहोराको विज्ञापन छापिएको छ। सामाजिक सञ्जाल ट्वीटरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रम आजदेखि लागू  हुन लागेको र यो नयाँ युगको सुरूआत भएको बताएका छन्। राजधानीको […]

Continue Reading

जीवन रक्षाको दोसाँधमा राउटे

सुर्खेत, ११ मङ्सिर राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकोमा चिन्तित भएको छ । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउँ पखाला, रुघाखोकीले थलिएका देखेर उ छट्पटिन्छ । लामो समय मुखियाका रुपमा एक्लै समुदायको नेतृत्व गर्नुभएका ६६ वर्षीय महिनबहादुरलाई पहिलेको तुलनामा पछिल्ला वर्षहरुमा आफ्ना जनता रोगको शिकार हुन थालेको […]

Continue Reading