अटो रिक्सा प्रहरी नियन्त्रणमा

स्याङ्जा, २ मङ्सिर वालिङ नगरपालिकाभित्र सञ्चालित अटो रिक्सालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । करीब दुई महीनादेखि सञ्चालित अटोलाई चालक अनुमति पत्र र नम्बर प्लेट बिनानै सञ्चालन गरेको भन्दै प्रहरीले पाँचवटा अटोलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका अटोलाई वडा प्रहरी कार्यालयमा राखिएको ट्राफिक कार्यालयका हबल्दार शङ्कर रिमालले जनकारी दिए । जिल्लाका मुख्य बजार वालिङ, […]

Continue Reading

राष्ट्रिय परिचयपत्र वितरण सोमबारदेखि

फिदिम, २ मङ्सिर पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय परिचयपत्र वितरणको शुभारम्भ सोमबारदेखि हुने भएको छ । नेपालमै पहिलो पटक सोमबार पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्यको थालनी हुँदैछ । पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरकी भगवतीदेवी भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुरुआत गर्न लागिएको हो । भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्य शुभारम्भ […]

Continue Reading

सुदूरपश्चिममा लगानी गर्न आग्रह

चितवन, २ मङ्सिर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगी र व्यवसायीलाई लगानी गर्न आग्रह गरेको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उनले यस क्षेत्रका उद्योगी र व्यवसायीलाई सुदूरपश्चिममा लगानी गरेर प्रतिफल लिन आग्रह गरे । बोहोराले दुईतीन महीना भित्रमा आवश्यक ऐन पारित […]

Continue Reading

गहुँको बीउ अनुदान

नारायणपुर, २ मङ्सिर दाङको लमही नगरपालिकाले कृषकलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ । गहुँ उत्पादनको पकेट क्षेत्र मानिने देउखुरीमा यसको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यसहित अनुदानमा गहुँको बीउ वितरण गरिएको हो । परम्परागत जातका गहुँको बीउलाई विस्थापित गर्दै किसानलाई ४६ क्विन्टल विजय, आदित्य र गौतम जातका गहँुको बीउ अनुदानमा उपलब्ध गराइएको छ । “कृषि उत्पादनका […]

Continue Reading

बलात्कारपछि हत्या, न्याय पाउने आश हरायो

जीतपुर, २ मङ्सिर सबैतिर दशैँको रौनक छाएको थियो । नजीकै थारु सांस्कृतिक कार्यक्रम चलिरहेको थियो । “आमा म नाच हेर्न जान्छु” कपिलवस्तुको बाणग¬ङ्गा नगरपालिका – ६ बैदौलीकी १४ वर्षीया शिवरानी चौधरीले आफ्नी आमालाई भनिन् । नाच हेरेर आएपछि खाना खाउँला भनी हिँडेकी छोरी जिन्दगीभरि नआउने गरी सधैका लागि बिदा भइन् । “मेरी छोरीको अस्मिता लुटेर […]

Continue Reading

शिक्षक पेशा छाडेर तरकारीखेती

सुर्खेत, २ मङ्सिर लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट छन् । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उनलाई गर्व लागेको छ । विसं २०५३ मा उनले नेरा प्रावि रानागाउँ सुर्खेतमा शिक्षक थियो । पछि त्यो पेशालाई छाडेर उहाँ तरकारीखेती गर्न लागे । शुरुमा उनले काँक्रा […]

Continue Reading