तिहारको शुभकामना कार्यक्रम सम्पन्न

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २२ कात्तिक


नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ ९ वडा समितिको आयोजनामा शुभ दीपावली तथा नयाँ वर्ष ११३९ को शुभकामना तथा चियापान कार्यक्रम शुधवार गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय वैकल्पिक सदस्य एवं प्रदेश नं ३ का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ठूला पार्टीभित्रको सैद्धान्तिक विचलनका कारण नेकपा भनाउँदाहरु वास्तविक कम्युनिष्ट बन्न नसकेको बताए । उनले ठूला पार्टीभित्र सिद्धान्तभन्दा धनसम्पत्तिका लागि हानथाप गरेको तर्क राखे । साथै प्रदेश नं ३ भित्रको अहिलेको जर्जर अवस्थामा आफूआफूभित्रै एनजीओ र आईएनजीओका एजेण्ट भएको दोषारोपन गरेको बताए ।
नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले नेपाल मजदुर किसान पार्टीकै कारण मात्रै देशमा प्रमुख प्रतिपक्षको भूमिका निभाएको तर्क राख्दै उनले नेमकिपाका कार्यकर्तामा राजनीतिक चेतना भएको र अन्य पार्टीभित्र त्यस्तो नदेखिएको स्पष्ट पारे । उनले राजनीतिक सुझबुझकै कारण भक्तपुरको कला संस्कृति र सभ्यताको परिचय दिन सकेको बताए ।
आयोजक नेक्रायुसंघका अध्यक्ष विकास प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहभागी सबैले शुभकामना आदानप्रदानसहित आफ्नो विचार व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *