सोमबारदेखि कात्तिक नाच शुरु, बिहीवार उषा र अनिरुद्ध शृङ्गार नाच

ललितपुर, २९ कात्तिक पाटनमा गत सोमबारदेखि शुरु भएको कात्तिक नाचअन्तर्गत बिहीवार उषा व अनिरुद्र शृङ्गार नाच देखाइएको छ । उषाहरण लीलाअन्तर्गत देखाइने पाँच नाचमध्ये सो नाच पनि एउटा भएको कात्तिक नाच संरक्षण समितिले जनाएको छ । सो नाच उषा र अनिरुद्धबीचको प्रेममा आधारित छ । उषा वाणासुरकी छोरी र अनिरुद्ध कृष्णका नाति हुन् । सो […]

Continue Reading

हस्तकला व्यापार मेलाको दोस्रो दिन आगन्तुकहरुको अपार भीडका बीच मित्रराष्ट्रका राजदूतहरुको आगमन

काठमाडौं, २९ कात्तिक १६औं हस्तकला व्यापार मेलाको बिहीवार दोस्रो दिन भृकुटिमण्डपमा अवलोकनकर्ताहरुको अपार भीड रहेको छ । मेला अवलोकन गर्न नेपालको लागि महामहिम जर्मन राजदूत श्री रोनाल्ड स्काफरले मेला अवलोकन गरेको छ । उनले मेला अवलोकनपश्चात नेपाली हस्तकलाको व्यापार स्थानीय बजारमा मात्र सीमित नभई युरोपियन तथा अन्तरराष्ट्रिय बजारमा परिचित गराउन सके यसले व्यापक रुपमा बजार […]

Continue Reading

चिनियाँ मन्त्रीद्वारा भक्तपुरको सम्पदा अवलोकन

भक्तपुर, २९ कात्तिक नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री लुओ सुगाङसहितको चिनियाँ प्रतिनिधिमण्डलले आज भक्तपुरको सांस्कृतिक सम्पदाको अवलोकन गरेको छ । भक्तपुर नगरपालिकाको स्वागतमा आज भएको अवलोकनमा चिनियाँमन्त्री सुआङसहितको टोलीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर, यस क्षेत्रका पचपन्न झ्याले दरबार, गोल्डेन गेट, टौमढीको पाँचतले मन्दिर, भैरब मन्दिरलगायत क्षेत्रको अवलोकन गरेको छ । भक्तपुर […]

Continue Reading

९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई

काठमाडौं, २९ कात्तिक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्राधिकरणको बिहीवार बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती विकाससम्बन्धी कार्यविधि, २०७५ लाई स्वीकृत गरेको छ । जसमा ९९ वटा घरपरिवारको एकीकृत बस्तीमा पूर्वाधारको काम गर्न योजना स्वीकृत भएपछि जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत स्थानीय तहलाई […]

Continue Reading

प्रदेश नं ५ मा दशैँ तिहारमा सवारी दुर्घटनामा ४१ जनाको मृत्य

दाङ, २९ कात्तिक प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिए जानको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् । घाइतेमध्ये केही उपचारपछि घर फर्किसकेका र केही भने विभिन्न अस्पतालमा उपचाररत […]

Continue Reading

खराब आचरणका प्रहरीलाई कारवाही

साँखु, २९ कात्तिक नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुगेका खनालले भने “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको हुन सक्छ तर प्रहरीलाई म […]

Continue Reading

विदेशमा धेरै कामदार पठाउने देशहरुको बैठक सोल्टीमा सुरु

काठमाडौँ, २९ कात्तिक कोलम्बो प्रोसेसको पाँचौँ उच्च अधिकारी स्तरीय बैठक आप्रवासी कामदारहरुको समस्या समाधानका लागि काठमाडौंमा सुरु भएको छ। कोलम्बो प्रोसेस विश्व श्रम बजारमा बढी कामदार निर्यात गर्ने १२ मुलुकहरुको साझा मञ्च हो। बैठकको उद्घाटन कोलम्बो प्रोसेसका अध्यक्ष तथा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गरेका हुन्। बैठकमा आप्रवासी कामदारको हकहितको साझा मुद्दाका विषयमा […]

Continue Reading

अब नयाँ रूपमा टेलिकम

काठमाडौँ, २९ कात्तिक नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकमलाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी […]

Continue Reading

सडक दुर्घटनामा नेतृ शाहीको मृत्यु

राँझा, २९ कात्तिक बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ । कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गए राति पौने ८ बजे कोहलपुरको विद्युत्रोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कोहलपुर इलाका प्रहरी […]

Continue Reading