काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव

काठमाडौँ, ५ मङ्सिर अन्तर्राष्ट्रिय स्तरका कलाकारलाई स्वदेशमा आकर्षित गरी कला र पर्यटनको अभिवृद्धि गर्ने उद्देश्यले यही मङ्सिर १७ देखि २३ गतेसम्म ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले आयोजना गर्ने महोत्सवमा १० मुलुकका ३५ कलाकारको सहभागिता रहनेछ । महोत्सवको पहिलो दिन नेपाल कला परिषद्मा उद्घाटन गरी औपचारिकता दिइनेछ […]

Continue Reading

सहकारीमा युवा सहभागिता बढाउनुपर्ने : मन्त्री पौडेल

राँझा, ५ मङ्ङ्सिर प्रदेश नं ५ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सहकारीमा युवा सहभागिताको लागि प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडले नेपालगञ्जमा आज आयोजना गरेको प्रदेशस्तरीय सहकारी युवा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“युवा शक्तिको साथ र सहयोगबिना आर्थिक समृद्धि पूरा हुन […]

Continue Reading

प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगिताः सेमिफाइनका टिम तय

जिरी, ५ मङ्सिर दोलखाको सदरमुकाम चरिकोटमा जारी प्रथम प्रकाश स्मृति कप खुला फुटबल प्रतियोगितामा सेमिफाइनलका चार टिम तय भएका छन् । प्रतियोगितामा प्लानिङ ब्वाइज काँडाघारी भक्तपुर, एपिएफ, दीपशिखा नैकाप काठमाडौँ र दोलखा जिल्ला फुटबल सङ्घ सेमिफाइनमा पुगेका छन् । आज भएको क्वार्टर फाइनलमा प्लानिङ ब्याइज काडाँघारी भक्तपुर काभ्रे फुटबल सङ्घलाई ३–२ गोलअन्तरले हराउँदै सेमिफाइनमा पुगेको […]

Continue Reading

पानीपुरी र चटपट निषेध

गलकोट, ५ मङ्सिर बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको […]

Continue Reading