तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी

भोजपुर, ९ मङ्सिर भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् । व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले निकै राम्रो आम्दानी गरेको छ । वैदेशिक […]

Continue Reading

सडक महोत्सवको तयारी

पोखरा, ९ मङ्सिर रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल छ भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई छन्र । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएकोमा कार्यालय प्रशासन, मिडिया तथा […]

Continue Reading

सन्दर्भ उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौँ , ९ मङ्सिर नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए । विभागका अनुसार नेपालका एक हजार […]

Continue Reading

मागेकै रुट दिँदा अस्तव्यस्त

ललितपुर, ९ मङ्सिर सरकारले यातायात व्यवसायीलाई उनीहरुले मागेकै रुट (मार्ग) दिँदा काठमाडौँ उपत्यकाको सार्वजनिक सवारी रुट अस्तव्यस्त बनेको छ । व्यवसायीले चाहेको रुट दिँदा कुनै रुटमा सवारी चाप बढी र कुनै रुटमा बस जान नचाहने यातायात व्यवस्था कार्यालय, साना ठूला सवारी शाखाले जनाएको छ । सार्वजनिक सवारीलाई गत वर्षसम्म यातायात व्यवसायी महासङ्घले रुटको अनुमति दिँदै […]

Continue Reading

एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया

इलाम, ९ मङिसर चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् । किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानको भनाइ छ । उद्योग स्थापना गर्ने लहर चलेपछि […]

Continue Reading

हाटबजारका तरकारीको पनि विषादी अवशेष परीक्षण

खस्यौली, ९ मङ्सिर रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास अधिकृत रामबहादुर खत्रीले जानकारी दिए । उनले तरकारी उत्पादन क्षेत्रबाट समेत नमूना परीक्षण गर्न लागेको उल्लेख गर्दै […]

Continue Reading

‘नीति सङ्ग्रह’ बजारमा

काठमाडौँ, ९ मङ्सिर विद्वान् आचार्य तुल्सीराम पोखरेलको ‘नीति सङ्ग्रह’ बजारमा आएको छ । नेपाली भाषामा लेखिएको विभिन्न १० खण्डमा विभाजित उक्त नीति सङ्ग्रहमा हिन्दू धर्मका धार्मिक, सामाजिक, मानवीय मूल्य मान्यताका श्लोकहरु रहेको छ । सो पुस्तकको प्रकाशनबाट समाजमा रहेका विकृति तथा विसङ्गतिको न्यूनीकरण गर्दै मानिसलाई नैतिकवान बनाउन उत्प्रेरणा मिल्ने आचार्य पोखरेलले बताए । मानिसले ज्ञान […]

Continue Reading

नेपाली शिक्षक चिनियाँ संस्कृति सिक्दै

काठमाडौँ, ९ मङ्सिर कलङ्कीस्थित लर्निङ रियल्म, इन्टनेशनल (एलआरआई) विद्यालय परिसरमा अहिले देशका विभिन्न विद्यालयका शिक्षक चिनियाँ भाषा, साहित्य तथा संस्कृति सिक्दैछन् । सम्बन्धित विद्यालयका शिक्षकले त्यहाँको संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषाको दीक्षा लिएपछि नयाँ संस्कृतिलाई आफ्ना विद्यार्थीलाई बुझाइने उनीहरुको तयारी छ । चीन सरकारको सहयोगमा गत कात्तिक २७ गतेदेखि यही मङ्सिर ११ गतेसम्म सञ्चालन […]

Continue Reading

‘आर्थिक परनिर्भरताका कारण महिला हिंसा’

कास्की, ९ मङ्सिर गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताएको हो । उनले भने, “महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको […]

Continue Reading

शुभदीप बचतको एघारौं साधारणसभा सम्पन्न

भक्तपुर, ९ मंसिर भक्तपुर देगइनास्थित रहेको शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा शनिवार ब्रम्हायणी पीठमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वागीश्वरी मावि÷कलेजका पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले शिक्षित मान्छे जहिले पनि स्वस्थ रहने बताए । उनले राम्रो संघसंस्थाभित्र पनि नराम्रा आचरणका मान्छे हुनसक्नेप्रति सचेत हुनुपर्ने बताए । […]

Continue Reading