अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा, १२ मङ्सिर मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती नष्ट गरिएको हो । कार्यालयबाट […]

Continue Reading

दुई जर्मन नागरिक सम्मानित

काठमाडौँ, १२ मङ्सिर नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई जर्मन नागरिकलाई हिमालयन शेर्पा फाउन्डेशनले सम्मानित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जर्मन नागरिक द्वय डा मेथियस वाउमन र फ्रेक स्टेवलरलाई हिजो यहाँ आयोजित एक कार्यक्रममा सम्मान पत्रबाट अभिनन्दन गरे । डा मेथियसले सन् २०१४ मा सगरमाथाको […]

Continue Reading

महिला हिंसामा वृद्धि

घोराही, १२ मङ्सिर  आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ को मङ्सिर पहिलो सातासम्म एक हजार १०७ वटा महिला हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । बलात्कार, बलात्कारका प्रयास, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, आत्महत्या, सामाजिक हिंसा, बोक्सीको आरोपलगायतका घटना रहेका छन् । तथ्याङ्कमा उल्लेख भएअनुसार २०७१/७२ मा २५१ वटा, २०७२/७३ मा २५१ वटा, २०७३/७४ […]

Continue Reading

दूषित पानी पिउन गाउँले बाध्य

जुम्ला, १२ मङ्सिर स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा बन्द गरेको चौकीदार दीपक बूढाले बताए […]

Continue Reading