पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, २९ बैशाख

२४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर नेपालमा  ९ हजार  ३०५  जना व्यक्ति कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार  देशभरका प्रयोगशालामा २० हजार ३६२  जनाको पीसीआर विधि र ४२४  जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ९ हजार ३०६   जना संक्रमित पुष्टि भएका हुन्। पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।

नयाँ संक्रमित थप भएसँगै  एक लाख ६३४जना सक्रिय संक्रमित रहेका छन्।   ५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

आज देशभर  चार  हजार ४४४ जना व्यक्ति निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *