निजामती सेवा पुरस्कार रोशनी लक्ष्मी तुइतुईलाई

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, २२ भदाैwhatsapp sharing button

कान्ति बाल अस्पतालमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासन रोशनी लक्ष्मी तुइतुईलाई निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ।

सरकारले निजामती सेवा दिवसका अवसरमा तुइतुईसहित ३० जनालाई पुरस्कार प्रदान गर्न लागेको हो।

२०५४ सालदेखि नर्सिङ पेशामा सक्रिय तुइतुई ०५६ सालदेखि सरकारी सेवामा सक्रिय छिन्।

०७४ सालको भदौमा ११औँ तहमा नाम निकालेर उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा महाशाखामा प्रमुख नर्सिङ प्रशासकको रूपमा काम गरिन्।

२०७५ सालमा नेपालमा संघीय संरचनाअनुसार कार्यालयहरुको पुनर्संरचना हुँदा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा भनेर नयाँ महाशाखा बनेको थियो। उक्त महाशाखाको पहिलो निर्देशकको रूपमा रोशनी नियुक्त भइन्।  २०७५ देखि ७८ सम्म उनले त्यहाँ निर्देशकको रूपमा काम गरिन्।

हाल उनी कान्ति बाल अस्पतालमा कार्यरत छिन्।

निजामती सेवा दिवसमा पुरस्कृत हुनेहरुको नामावली

nijamti samman.JPG

Leave a Reply

Your email address will not be published. Required fields are marked *