२४ घन्टायता ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ मंसिर

पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा १ लाख ९१ हजार २ जना संक्रमित उपचारपछि निको भएका छन्।

आज १० हजार ३ सय ४० जना शंकास्पद व्यक्तिको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ४३ हजार ८ सय ९९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७५३ जना क्वारेन्टाइनमा छन्। नेपालमा २४ हजार ६ सय ६५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *