देशको समृद्धि तथा विकास र जनताको स्वास्थ्यको निम्ति प्रयास गरौँ !

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, ४ माघ

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन
जनता र पार्टीका सदस्यहरूको आशा र चाहनाअनुसार विगतका महान् सङ्घर्षको समीक्षा गर्न कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठक २०२१ डिसेम्बर २७ देखि ३१ सम्म पार्टीको केन्द्रीय कार्यालयमा बस्यो । पार्टीको आठौँ महाधिवेशनले पारित गरेको रणनीतिक तथा व्यावहारिक कार्यक्रमअनुसार पञ्चवर्षीय योजनाको पहिलो वर्षको सफलतापछि समाजवादी निर्माणको लागि पूरै देश र जनता अगाडि बढ्दै गरेको एउटा ऐतिहासिक समयमा पार्टीको विस्तारित बैठक भयो ।

कोरियाली मजदुर पार्टीका महासचिव कामरेड किम जोङ उन विस्तारित बैठकमा सहभागी हुनुहुन्थ्यो ।
महासचिव उनले देश र पार्टीको विशिष्ट नेता, विशिष्ट सैद्धान्तिक एवम् वैचारिक नेतृत्वका प्रतीक भई सधैँ सक्रिय नेतृत्वदायी गतिविधि गर्दै देशको समृद्धिको जग बसाल्नुभयो । देशको समृद्धि प्राप्तिको लक्ष्य निर्धारण गर्नुहुने महासचिव उन बैठक कक्षको मञ्चमा उपस्थिति हुँदा सबै सहभागीले गडगडाहट तालीले स्वागत गरेका थिए ।

बैठकमा कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिका सदस्य तथा वैकल्पिक सदस्यहरूको सहभागिता थियो । बैठकमा पार्टी केन्द्रीय समितिका विभिन्न विभागका अधिकारी, मन्त्रालयका नेतृत्वदायी अधिकारी, राष्ट्रिय संस्थाहरू, प्रान्तीय तहका निर्देशक अङ्गहरू, सहर, गाउँ तथा मुख्य उद्योगका अधिकारीलगायत सम्बन्धित मुख्य क्षेत्रका अधिकारीहरू पर्यवेक्षकको रूपमा उपस्थिति थिए ।

केन्द्रीय समितिको राजनीतिक ब्युरोले सो विस्तारित बैठकको अध्यक्षता गर्ने निर्णय गर्‍यो ।
विस्तारित बैठकमा महासचिव किम जङ उनले बैठकको उद्देश्य र महत्वबारे उल्लेख गर्दै आठौँ महाधिवेशनका निर्णय लागू गरिएका पहिलो वर्षको पार्टी केन्द्रीय समिति र सरकारको कामको विश्लेषण एवम् मूल्याङ्कन प्रस्तुत गर्नुभएको थियो ।


पार्टी महाधिवेशनले तय गरेको विकास र परिवर्तनका लागि पञ्चवर्षीय योजना पूरा गर्न एकपछि अर्को वर्ष गर्दै पूरा भएका कार्यहरू समाजवादी निर्माणको विकासमूलक चरणको उज्यालोमा र वास्तविक स्थिति तथा पार्टी र राज्यको परिस्थितिमा अत्यन्त महत्वपूर्ण र उल्लेखनीय रहेको महासचिव किमले विस्तारित बैठकलाई जानकारी दिनुभयो । साथै उहाँले यस वर्ष सन् २०२१ को जस्तै विशाल र महत्वपूर्ण रहेको अर्को वर्ष सन् २०२२ को रणनीतिक महत्वको कार्यबारे जानकार भएर अहिलेसम्मकै अझ ठुलो भारी र जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै महासचिव उनले यस वर्षको सङ्घर्षले आज र भोलिको क्रान्तिको स्पष्ट चित्र बुझ्न सजिलो बनाएको बताउनुभयो । उहाँले कोरियाली जनताको आत्मविश्वासबारे स्पष्ट जानकारी मिलेको बताउनुभयो ।

“विकासको निम्ति व्यावहारिक परिवर्तनसाथ नयाँ चरणमा पुग्न प्रजग कोरियाले आजको बाह्य र भित्री परिस्थिति सही तरिकाले बुझ्न र सही सङ्घर्षका नीतिसाथ सही दिशामा अगाडि बढ्न आवश्यक छ,” उहाँको भनाइ थियो ।

महासचिव उनले यस वर्षको गौरवमय कार्यको समीक्षा गर्नुपर्ने बुँदा उल्लेख गर्दै हामीले पहिले हाम्रो लागि के के शिक्षा (पाठ) हुनसक्छ भनी धैर्यपूर्वक विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले पार्टीको विस्तारिक बैठक आयोजना गर्नुको मुख्य उद्देश्य नै हाम्रा क्रान्तिकारी नीतिलाई परिपूरक र पूर्ण बनाउने हाम्रो संयन्त्रले सिकेको शिक्षालाई ग्रहण गर्दै अझ ठूलो विकासको हाम्रो सम्भाव्यतालाई माथि उठाउनु हो । उहाँले यहाँ क्रान्तिकारी विकासको ठुलो व्यावहारिक महत्व रहेको उल्लेख गर्नुभयो ।

महासचिव उनले भन्नुभयो, “पार्टी केन्द्रीय समितिले यस वर्षको सफलता र अनुभवलाई सक्रियतासाथ अगाडि बढाउनुपर्छ । किनभने, तिनले महत्वपूर्ण पाठ तथा समर्पित प्रयासलाई झल्काउँछ । यसले असामान्य जिम्मेवारी तथा गम्भीर प्रयासलाई उजागर गर्छ । नयाँ वर्षमा योजना बनाउन उच्चत्तम सिर्जनशिलता अपनाई गम्भीर जिम्मेवारी बहन गर्नु आवश्यक छ ।”

विस्तारित बैठकमा निम्न विषयमा छलफल भयोः
१. पार्टी र राज्यको सन् २०२१ का मुख्य नीतिहरूबारे सिंहावलोकन तथा सन् २०२२ को कार्य योजना ।
२. सन् २०२१ को सरकारको बजेट र सन् २०२२ को बजेट खेस्रा ।
३. प्रजग कोरियाको ग्रामीण समाजवादी समस्याको तत्काल सही समाधान ।
४. पार्टीका केही नियममा परिवर्तन
५. सन् २०२१ का पछिल्ला ६ महिनामा पार्टीका केन्द्रीय नेतृत्वदायी अङ्गका सदस्यहरूको संस्थागत तथा सैद्धान्तिक जीवनबारे
६. सङ्गठनको विषयमा
विस्तारित बैठकले प्रस्तावित विषय (एजेन्डा) लाई एकमतले स्वीकृत गर्‍यो ।
बैठकमा कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको स्थायी समिति सदस्य तथा प्रजग कोरियाली मन्त्री परिषद्का प्रधानमन्त्री किम तोक हुनले बैठकका उपर्युक्त विषय (एजेन्डा) प्रस्तुत गरेपछि विषयवस्तुमा समूहगत छलफल भएको थियो ।

महासचिव किम जङ उनले ‘सन् २०२२ मा पार्टी र सरकारको कामको दिशा’ बारे महत्वपूर्ण प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उहाँले सबभन्दा पहिले पार्टीको महाधिवेशनबाट भएको निर्णय लागू गरिएको पहिलो वर्षको कामको विश्लेषण तथा समीक्षा गर्नुभयो । सम्पूर्ण कोरियाली जनताले पार्टीको महाधिवेशनले तय गरेको समाजवादी निर्माणको नयाँ व्यावहारिक कार्यक्रमको निम्ति कोरियाली जनताले सन् २०२१ मा कडा एवम् महत्वपूर्ण सङ्घर्ष गरेको पार्टी केन्द्रीय समितिको विश्लेषण रहेको छ । त्यस्तै सन् २०२१ मा समाजवादी निर्माणको समग्र विकासको निम्ति एउटा महान् सफलताको ढोका खोलिएको छ ।

पार्टीको आठौँ केन्द्रीय समितिको दोस्रो विस्तारित बैठकबाट पारित कार्यनीतिलाई पूरा गर्न यो वर्ष व्यावहारिक परिवर्तन तथा ठोस उपलब्धि हासिल गर्ने पार्टी केन्द्रीय समितिको लक्ष्य रहेको छ ।
यस वर्षको काम अगाडि बढाउने क्रममा पार्टी केन्द्रीय समितिले विकासको उद्देश्य, दृढता र योजना कार्यमा वैज्ञानिक पद्धत्तिमा विशेष ध्यान दिएको छ । योजना कार्यान्वयन सही तरिकाबाट गरियो । अर्थतन्त्रको विकास र जनताको जीवनस्तर उठाउन समयमै समस्या समाधान गर्ने उपायहरू अपनाइए ।
पार्टीले सबभन्दा बढी प्राथमिकता दिएको कृषिमा महत्वपूर्ण फड्को मार्दै प्रशंसनीय सफलता हासिल गरेको छ ।

प्रकोपजन्य जलवायुसँग सामना गर्दै वैज्ञानिक तरिका अपनाएर सुरक्षित खेती गर्न हामी सफल भयौँ । कृषि मजदुरहरूको देशभक्ति तथा कडा मेहनतको कारण यस्तो सफलता प्राप्त भएको हो । बैठकमा महासचिव किम जङ उनले यस वर्षमा प्रतिकूल अवस्था हुँदाहुँदै पनि कृषिका अधिकारी, मजदुर, वैज्ञानिक तथा प्राविधिकहरूले उदाहरणीय काम गर्नुभएकोमा पार्टी केन्द्रीय समितिको तर्फबाट धन्यवाद सन्देश पठाउने प्रस्ताव सविनय पेश गर्नुभयो ।

विस्तारित बैठकले सो प्रस्तावको पूर्णरूपमा सहमति जनायो र प्रस्ताव पारित गर्‍यो ।
विशाल निर्माण परियोजनालाई गतिशीलरूपमा अगाडि बढाउँदै कोरियाली शैलीको समाजवादको विकास नै यस वर्ष जनताको निम्ति पार्टी केन्द्रीय समितिले पाएको मुख्य उपलब्धि हो ।
पञ्चवर्षीय योजनाको अवधिमा सोङसिङ र सोङ्ग्वामा १० हजार फ्ल्याट (आवास) निर्माण कार्य करिब सम्पन्न भएको छ । आवास समस्या समाधान गर्न यो एउटा विशाल परियोजना हो ।
तेस्रो चरणको सम्जियान सहर परियोजना सम्पन्न भएपछि देशभरका स्थानीय क्षेत्रमा सुधारको निम्ति दीर्घकालीन विशाल निर्माण कार्य आत्मविश्वाससाथ अगाडि बढाउन उपयोगी अनुभव प्राप्त भयो ।
कोम्डोक क्षेत्रमा ५ हजार घर बनाइयो । दक्षिण हाम्योङ प्रान्त र उत्तरी हाम्योङ प्रान्तमा बाढीबाट भएको क्षतिको पुनःनिर्माण कार्य सन्तोषजनक रह्यो । आधुनिक आवास जिल्ला निर्माणसहित धेरै परियोजनामा नयाँ विचार तथा नयाँ आर्किटेक्चर प्रविधि भित्र्याइयो । यसले हाम्रो आर्किटेक्चरले एक नयाँ फड्को मारेको र निर्माणको क्षेत्रमा प्रगति भएको देखाउँछ ।

विद्युतीय ऊर्जा र कोइला उद्योग क्षेत्रले राष्ट्रिय आर्थिक क्षेत्रको विकासको निम्ति टेवा पुर्‍याइरहेको छ । यसले समग्र आर्थिक विकास गर्न प्रभावकारी उत्पादन अभियान सञ्चालन गर्न सजिलो भएको छ ।
आर्थिक क्षेत्रमा अनुशासन लागू भएको छ र काम गर्ने तरिकामा स्पष्ट सुधार भएको कुरा नेतृत्वदायी आर्थिक अधिकारीले प्रस्तुत गरेका छन् ।

समाजवादी जीवन तथा विकासप्रति सम्पूर्ण जनताको सकारात्मक भावना अझ बलियो भएको छ । जनताले सामूहिक भावना र व्यवहार प्रदर्शित भएको छ ।

पार्टी केन्द्रीय समितिले नयाँ आविष्कार, साहसी सृजना र निरन्तरको प्रगति यस वर्षको काममा स्पष्ट देखिएको र पार्टीको साङ्गठनिक अनुशासन बलियो भएकोे र पार्टीका निर्णय लागू भएको मूल्याङ्कन गरेको छ ।

एकीकृत निर्देशन, आर्थिक कार्यमा राज्यको नियन्त्रण तथा आर्थिक व्यवस्थापनमा सुधार कार्यमा सरकारलगायत आर्थिक निर्देशक अङ्गहरू सकृय भएका छन् । आर्थिक विकासमा आधारभूत प्रगति तथा जनताको जीविकामा सुधारको निम्ति समाजवादी कानुन प्रणालीलाई अझ बलियो बनाइएको छ ।
राष्ट्रिय रक्षा उद्योग क्षेत्रले अति आधुनिक हतियार प्रणालीको विकास गरेको छ र यसबाट हाम्रो सैनिक शक्ति आधुनिकताले सुसज्जित भएको छ ।

यस वर्षको पार्टी महाधिवेशनमा धेरै युवा स्वयंसेवकहरूले अप्ठ्यारो क्षेत्रमा काम गरे र त्यो अभियानमा सफलता पनि पाए । यसले मानिसलाई उत्साहित गर्‍यो । युवाहरूको मनोबल उच्च हुनु उल्लेखनीय राजनीतिक सफलता हो ।

यो वर्षको सफलताको प्रशंसा गर्दै पार्टी केन्द्रीय समितिले आत्मनिर्भरताको भावनासाथ अत्यन्तै प्रतिकूल वातावरणलाई हराउँदै अर्थतन्त्रलाई स्थिर बनाएको मूल्याङ्कन ग¥यो । यसले कोरियाली शैलीको समाजले राज्यको समग्र विकास गरेको जनाउँदछ ।

महासचिव उनले यस वर्ष निकै प्रशंसनीय सफलता हासिल भएको बताउनुभयो । सबै जनता एकढिक्का भएर पार्टीको महाधिवेशनबाट पारित प्रस्तावहरूलाई सार्थक बनाउन योगदान पु¥याए । सबै समस्यामाथि विजय प्राप्त गर्दै पञ्चवर्षीय योजनाको पहिलो वर्षका काम सम्पन्न गर्न जनता समर्पित भए । उहाँले समाजवादी निर्माणको इतिहासमा सन् २०२१ को वर्षलाई गौरवशाली बनाउन दृढनिश्चयी एवम् अथक प्रयास गर्ने पार्टी केन्द्रीय समितिको तर्फबाट सबै पार्टी सदस्य, कामदार जनता र कर्मचारीहरूको उच्च प्रशंसा गर्नुभयो र सबैलाई न्यानो शुभकामना व्यक्त गर्नुभयो ।

यो वर्षको काममा देखिएका कमजोरी तथा महत्वपूर्ण शिक्षा र त्यसका समाधानका विषयलाई निष्कर्षमा उल्लेख गरिएको छ ।

महासचिव उनले सन् २०२२ को निम्ति पार्टी र सरकारको कामको दिशाप्रति सङ्केत गर्दै समाजवादी निर्माणका ताजा विकासको निम्ति मुख्य विषय र सङ्घर्षका नीतिबारे स्पष्ट पार्नुभयो ।

पार्टी र जनताको आगामी वर्षको मुख्य काम नै पञ्चवर्षीय योजना सफलतापूर्वक लागू गर्ने र देशको इतिहासमै उल्लेखनीय पृष्ठ थप्न देशको विकास र जनताको जीवनस्तर अझ उठाउने रहेको छ ।
समाजवादी निर्माणको मुख्य पाटोको रूपमा लिइएको आर्थिक क्षेत्रले देशको अर्थतन्त्रलाई अझ बलियो बनाउने प्रयासमा केन्द्रित गर्नु आवश्यक छ ।

अर्को वर्ष मुख्य औद्योगिक क्षेत्रले लिनुपर्ने मुख्य नीतिबारे निष्कर्षमा समेटिएको छ ।
कोरियाली शैलीको फलाम उत्पादन तरिकालाई धातु उद्योग एकाइले प्राविधिकरूपमा सुधार गर्नु आवश्यक छ । साथै, समयमै इन्धन तथा कच्चापदार्थ उपलब्ध गराएर निर्धारित कार्यतालिकाअनुसार नै फलाम र स्टील उत्पादन गर्नु आवश्यक छ । त्यस्तै, क्षमता वृद्धि र आधुनिकीकरणमा जोड दिनु आवश्यक छ ।

रासायनिक मल उत्पादन क्षमतालाई अझै बढाउने, रासायनिक उद्योगमा नयाँ संरचनाको स्थापना गर्ने परियोजना अगाडि बढाएर साधारण उद्योग तथा औषधि उद्योगको क्षमता वृद्धि गर्नुपर्दछ ।
तत्कालको विद्युत् माग पूरा गरी विद्युत् उत्पादन वृद्धि गर्न ऊर्जा उद्योग क्षेत्रले कडा मेहनत गर्नुपर्छ । यसले विद्युत् ट्रान्समिसनमा हुने ¥हासलाई कम गर्ने र क्रमागतरूपमा नयाँ ऊर्जा केन्द्रको निर्माण र नवीकरणीय ऊर्जा उत्पादन क्षमता बढाउनु आवश्यक छ ।

अझ बढी कोइला खानी पत्ता लगाउन कोइला उद्योग क्षेत्रले उच्च गतिको टनेलिङ अभियान सञ्चालन गर्नु आवश्यक छ । अत्याधुनिक कोइला उत्पादन प्रविधि भित्र्याएर कोइला उत्पादनलाई अझ बढाउनु आवश्यक छ ।

रेल्वे यातायात क्षेत्रले रेल्वेको सुरक्षा प्रविधिलाई अझ बलियो बनाउनु आवश्यक छ । चरणबद्धरूपमा काम गरी देशको यातायातलाई विकास गर्न एकीकृत नियन्त्रण प्रणालीको स्थापना गर्नु आवश्यक छ । यन्त्रहरू बनाउने उद्योग क्षेत्रले विभिन्न आर्थिक क्षेत्र तथा एकाइलाई आवश्यक यन्त्रहरू उपलब्ध गराउनुपर्दछ र यसले गाडी, विद्युतीय यन्त्र र निर्माण यन्त्रहरूको उत्पादन तथा गुणस्तर वृद्धि गर्नु आवश्यक छ ।
जनताको खाना, कपडा र आवासको समस्याको समाधानमा महत्वपूर्ण प्रगति गर्नु नै मुख्य कुरो हो ।
पूरै पार्टी र सिङ्गो देशको सम्पूर्ण ध्यान कृषिमा केन्द्रित गर्ने र ग्रामीण समुदायलाई जनशक्ति र सामग्री सहयोग पुर्‍याउनु आवश्यक छ । कृषि क्षेत्रले विज्ञान तथा प्रविधिको प्रयोगबाट कृषि कर्म गरी अन्न उत्पादनमा वृद्धि गर्नुपर्दछ र गहुँ र जौको उत्पादन बढाउनु आवश्यक छ ।

आर्थिक गतिविधिको हकमा पुँजी निर्माणलाई प्राथमिकतामा राख्ने र १० हजार फ्ल्याट (आवास) बनाउनेलगायत राजधानी सहर निर्माणको कामको निम्ति जनताको आधारभूतरूपमा परिवर्तन भएको जीवनपद्धतिअनुकूलको नयाँ निर्माण क्रान्ति गर्नु आवश्यक छ ।

हल्का औद्योगिक क्षेत्रले उपभोग्य सामानको उत्पादन र वृद्धिको काम गर्नु आवश्यक छ । उच्च वैज्ञानिक विधिको आधारमा खाद्य पदार्थको प्रशोधन प्रविधिको प्रयोग गर्नु आवश्यक छ ।

यसका साथै राज्यको खर्चमा विद्यार्थीको लागि विद्यालय पोशाक र सामग्रीको व्यवस्था गर्नु पार्टी तथा सरकारको निरन्तरको नीति हो भन्दै महासचिवले कुनै अपवादविना सबै विद्यार्थीलाई नयाँ खालको र गुणस्तरीय युनिफर्म र झोला उपलब्ध गर्ने योजना घोषणा गर्नुभयो र यसको निम्ति पार्टी केन्द्रीय समितिको महत्वपूर्ण निर्णयलाई आत्मसात् गर्नुभयो ।

जनताको खानपानलाई अझ राम्रो बनाउन उहाँले माछापालन र समुद्री स्रोतको उपयोगलाई जोड दिनुभयो ।
स्राेतः अनलाइन मजदुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *