Monday, May 20, 2024

वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सत्तागठबन्धनमा सहमति

राजनीति विशेष समाचार समाचार
काठमाडाैं, ४ माघ

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच सोमवार भएको बैठकमा निर्वाचनबारे छलफल गर्न आज बैठक बस्ने सहमति भएको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुबिच निर्वाचन आयोगले प्रस्ताव गरेको समयमा नै स्थानीय निर्वाचन गर्ने बारेमा छलफल भएको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए।

‘आज सबै शीर्ष नेताहरु आउन सक्नु भएन। कानुनले तोकेको अनुसार निर्वाचन सम्पन्न गर्ने बारेमा छलफल भयो,’ गुरुङले भने,’ सबे दलले आफ्नो पार्टी भित्र छलफल गरेर फेरि बैठक बसेर निर्णय गर्ने भन्ने सहमति भयो।’

निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। यसबारेमा छलफल गर्न आयोगले केही दिन अघि सर्वदलीय बैठकसमेत बोलाएको थियो।

समन्वय समितिको बैठक भोलि फेरि बस्ने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *