डिजल र मट्टीतेलको भाउ लिटरमा १४ र पेट्रोलमा ५ रुपैयाँ बढ्यो

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

काठमाडाैं, ३१ साउन

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।

अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *