अमेरिकामा एकै दिनमा १० लाखभन्दा बढीमा कोरोना संक्रमण

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

एजेन्सी, २० पुसsharethis sharing button

संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।

अमेरिकामा विगत २४ घण्टामा करिब १.०७ मिलियन नयाँ  संक्रमण पुष्टि भएको देखिएको छ जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो।

नयाँ कोभिड १९ संक्रमितको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४१८,००० पुगेको छ।  यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ जसले गर्दा श्रमिकको अभाव, हजारौं उडान रद्द, र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य  भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *