वीरेन्द्रनगर, २१ माघ
साना किसान कृषि सहकारी सस्थाका सदस्यहरुलाई उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ । साना किसान विकास लघुवित्त वित्तीय सस्था लिमिटेडको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको हो । साना किसान कृषि सहकारीमा आवद्ध सदस्यहरुलाइ जिवीकोपार्जमा सहयोग पुञ्याउन तथा व्यवसाय सुरु तथा सुधारगर्न सजीलो वनाउनका लागी तालिम आयोजना गरिएको सस्थाले जनाएको छ ।
साना किसान कृषि सहकारीका सदस्यहरुलाई व्यवसायीक रुपमा उत्पादनमा जोड्नका लागी तालिम प्रदान गरिएको साना किसान विकास लघुवित्त वित्तीय सस्था इलाका कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रवन्धक दोर्णराज घिमिरेले वताए । उनले सहकारीवाट ऋण लिएर मात्र नहुने उनीहरुलाई व्यवसाय विस्तार गराउन उद्यमशिलता ज्ञानको आवश्यकता पर्ने तालिम सञ्चालन गरिएको वताए । तालिममा साना किसान सहकारी सस्थामा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिम कर्णाली प्रदेशका कालिकोट र दैलेख जिल्लामा सञ्चालन गरिएको छ । कालिकोटमा ३५ र दैलेखमा ३१ जनाको सहभागिता रहेको जनाएको छ । प्रदेशका अन्य जिल्लामा समेत तालिमको सञ्चालन गरिने जनाएको छ