पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २० पुस

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको  परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै यही अवधिमा २६३ जना डिस्चार्ज भएका छन्।  बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा हालसम्म ८ लाख २९ हजार ६३२ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ।

तीमध्ये कुल ८ लाख १२ हजार ९३७ जना संक्रमण मुक्त हुँदा ११ हजार ६०१ जनाको मृत्यु भएको छ।  कोरोना निको हुने दर ९८ प्रतिशत रहेको छ भने क्वारेन्टाइनमा ९८ जना रहेका छन्। यस्तै देशभर सक्रिय संक्रमित ५ हजार ९४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *