१३ हजार ६ सय १२ जना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ८  मंसिर

देशभर १३ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

सोमबार १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित मध्य १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ९ हजार २९ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ५ सय ३८, प्रदेश २ मा ३०९, लुम्बिनी प्रदेशमा ७७१, सुदूरपश्चिम प्रदेशमा ८४५, गण्डकी प्रदेशमा १०३० र कर्णाली प्रदेशमा ९० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *