वागीश्वरीमा शिक्षक सम्मान तथा विदाई

विशेष समाचार शिक्षा समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ९ पुस


वागीश्वरी माध्यमिक विद्यालयमा काजमा कार्यरत शिक्षकद्वय जीवनभक्त प्रधानाङ्ग र जमुना ताम्राकारको अनिवार्य अवकाशको क्रममा शुक्रबार शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उहाँले निवृत्त शिक्षकहरुको गुण सिक्दै वागीश्वरी माविका अरु शिक्षकहरुले स्थान लिनुपर्ने बताए ।


कार्यक्रममा विशेष अतिथि ब्रम्हचारिणी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. १० का सदस्य ज्ञानकुमार मगजुले सम्मानित शिक्षकहरुलाई ताम्रपत्र हस्तान्तरण गर्दै निवृत्त शिक्षकहरुले ४० वर्ष भन्दा बढी शिक्षण सेवा गरी अथक योगदान गरी विद्यार्थी प्रति कर्तब्यनिष्ठ भूमिका निर्वाह गरेको बताए ।


कार्यक्रममा निमावि इन्चार्ज विश्वराम प्रजापति, प्रावि इन्चार्ज कृष्णमान मलेपति, शिक्षकहरु राजन लाखा, इन्द्रकुमार श्रेष्ठ, रामप्यारी सैंजु, विद्यालय नर्स सर्जिना मानन्धरले अवकाश प्राप्त शिक्षकहरुको सक्रिय जीवन र सुस्वास्थ्यको कामना गरे । निवृत्त शिक्षकहरु प्रधानांङ्ग र ताम्राकारले पनि वोलेको थियो । साथै, विद्यालयमा शुक्रवार मात्र सरुवा भई हाजिर हुन भएका अन्जली श्रेष्ठ र जमुना आचार्यले विद्यालयको सेवामा कुनै कसर बाँकी नराखिकन विद्यार्थीहरुलाई शिक्षण गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *