१ सय ६७ संक्रमित थपिए, २२६ जना संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, १० पुस

देशभर थप १६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ४४७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५७ र एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो।

यही अवधिमा थप २२६ जना संक्रमणमुक्त भएका छन्। नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १० हजार ४९७ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्।

कोभिड–१९ को संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन्। हालसम्म देशभर ११ हजार ५८३ जनाले ज्यान गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *