३५ वर्षका गेब्रिएल बने चिलीका सबैभन्दा कम उमेरका राष्ट्रपति

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, ५ पुस

३५ वर्षका गेब्रिएल बने चिलीका सबैभन्दा कम उमेरका राष्ट्रपति

चिलीमा बामपन्थी उम्मेद्वार गेब्रिएल बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् । अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टले हार स्वीकार गरेपछि राष्ट्रपतिय चुनावमा जीत हासिल गरेका हुन् । विश्ककै कम उमेरका नेताहरुमध्ये एक ३५ वर्षीय बोरिक चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका छन् ।

कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए ।

गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएका थिए ।

सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो ।

दुबै उम्मेद्वारले देशका लागि एकदम फरक दृष्टिकोण प्रस्ताव गरे र यी दुबै राजनीतिक दलको प्रतिनिधित्व गर्ने बाहिरी व्यक्ति हुन् जो कहिल्यै सरकारमा रहेनन् ।

बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यता कास्टले भने कानुन व्यवस्था बनाएर, कर र सामाजिक खर्च घटाउने वाचा गरेका थिए । कास्टले पूवै सैनिक जनरल अगस्टो पिनोसेको विरासतलाई सही ठहर मानेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *