काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित थपिए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १५ पुस

काठमाडौं उपत्यकामा एकैदिन ३ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा भेटिएका ५ सय ११ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ३ सय १२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७ सय ८५ पुगेको छ। जसमध्ये १३ हजार ५ सय ९८ जना उपचारपछि निको भएका छन् भने ४ सय ७० जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार ९ सय ४२ जना सक्रिय संक्रमित छन्।

भक्तपुरमा हालसम्म ८ हजार ५ सय ७९ जना संक्रमित उपचारपछि निको भएका छन्। ८ हजार ८ सय ६३ कुल संक्रमितमध्ये १ सय १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अझै पनि १ सय ८३ जना उपचाररत छन्।

यस्तै ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार २ सय १८ पुगेको छ। १४ हजार ६ सय ९७ जना डिस्र्चाज हुँदा १ सय ४६ जनाको मृत्यु भएको छ। ललितपुरमा ३ सय ७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *