न्यूज अपडेट संवाददाता
भक्तपुर, २४५ मंसिर

वागीश्वरी कलेज स्नातक तह मानविकी सङ्काय बीए तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा “३० औ” अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम” अन्तर्गत लैङ्गिक हिंसासम्बन्धी प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
“घरैदेखि सुरु गरौ” महिलाविरुद्धको हिंसा अन्त्य गरौ” भन्ने राष्ट्रिय नाराका साथ मङ्सिर ९ गतेदेखि मनाउउदै आएको यस अभियानलाई सफल पार्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले विश्वका १० प्रतिशत युवाहरु कुलतमा फसेको जानकारी दिदै युवाहरुलाई उच्च नैतिकता कायम गरी कुलतबाट बच्न अनुरोध गरे ।
उनले लैङ्गिक हिंसाका दर्ता भएका मुद्दा, उजुरी, जरिवाना, कसुर, सजायको व्यवस्था, हिंसाका प्रकृति, कारण, बचावटको उपायको विषयमा तथ्याङ्कीय रूपमा जानकारी प्रस्तुत गरेको थियो ।
विद्यार्थी रचना लवजूको सभापतित्वमा भएको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रमुख अतिथि श्रेष्ठलाई मायाको चिनो प्रदान गरेको थियो ।
विद्यार्थी सदिक्षा न्हेम्हाफुकीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरु दिविना परियार, कृपा प्रजापति र रिक्का श्रेष्ठ महिला हिंसाको विषयमा बोलेको थियो ।