पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, २१ जेठ

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र  ३ हजार २११  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ५ हजार ८२५  जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख १ हजार ८३९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ। देभभर ८३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *