बुधबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १२ जेठ

प्रदेश १ को इलाममा २, उदयपुरमा ४, ओखलढुंगामा ४, खोटाङमा २०, झापामा २४९, ताप्लेजुङमा ३, तेह्रथुममा २, धनकुटामा ४७, पाँचथरमा १, भोजपुरमा ७, मोरङमा २३१, संखुवासभामा ४०, सुनसरीमा २५५ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १०४, पर्सा २४, बारामा ३१, महोत्तरीमा ६९, रौतहटमा ३८, सप्तरीमा ६६, सर्लाहीमा ११६ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार १ सय ३९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १५७, चितवनमा ९९, दोलखामा ६९, धादिङमा ११९, नुवाकोटमा २२, भक्तपुरमा ११३, मकवानपुरमा १०१, रसुवामा २१, रामेछापमा २७, ललितपुरमा २४१, सिन्धुपाल्चोकमा ३४२ र सिन्धुलीमा १२९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५००, गोरखामा २६६, तनहुँमा १४५, नवलपरासी पूर्वमा २, पर्वतमा ३७, मनाङमा ७६, म्याग्दीमा १, लमजुङमा १०७, बागलुङमा ७ र स्याङजामा १८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १७, कपिलवस्तुमा १९, गुल्मीमा ९४, दाङमा ५६, नवलपरासीमा ५३, पाल्पामा ६९, प्युठानमा ६, बर्दियामा १५५, बाँकेमा १९९, रुकुम पूर्वमा १, रुपन्देहीमा ३४९ र रोल्पामा ५६ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १, जुम्लामा १६, दैलेखमा ४७, रुकुम पश्चिमा ५१, सल्यानमा १ र सुर्खेतमा १२२ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ६८, कञ्चनपुरमा ४५, कैलालीमा ३१, डडेल्धुरामा १६, डोटीमा २९, दार्चुलामा २२, बाजुरामा १ र बैतडीमा ८६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *