नेपालमा एकैदिन ४३६४ जनामा कोरोना संक्रमण, संक्रिय संक्रमितको संख्या २६,६८४

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २२ असाेज

पछिल्लो २४ घण्टामा देशभर ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४३६४ जनालाई संक्रमण देखिएको जानकारी दिए।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा २ हजार ६७५ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *