२१०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
काठमाडाैं, १२ जेठ
देशभर हाल २ हजार १ सय ५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ६ सय ७१ आइसीयू र ४३४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा २१४ आइसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १८७ आइसीयू र ३५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८४५ आइसीयू र २७९ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १५१ जना आइसीयू र ३० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६१ जना आइसीयू र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ५५ जना आइसीयू र ७ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४३ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कोरोनाको उपचार हुने काठमाडौं उपत्यकाको अस्पतालमा ६६३ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। शसस्त्र प्रहरी बल अस्पताल बलम्बुमा २० आइसीयू र ९ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा २० जना आइसीयू र ३ भेन्टिलेटरमा, वीर अस्पतालमा ३३ आइसीयू र १ भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा ३० आइसीयू र २० भेन्टिलेटरमा छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २४ जना आइसीयू र १७ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ५१ आइसीयू र २६ भेन्टिलेटरमा, पाटन अस्पतालमा २५ आइसीयू र ११ भेन्टिलेटरमा छन्।

यस्तै निजामती कर्मचारी अस्पतालमा १३ जना आइसीयू र १ भेन्टिलेटरमा, भक्तपुर अस्पतालमा ६ आइसीयू र १ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३१ जना आइसोेलेसनमा छन्।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा १८ आइसीयू र ५ भेन्टिलेटरमा, ह्याम्स अस्पतालमा २० जना आइसीयू र १४ जना भेन्टिलेटरमा, नेपाल मेडिसिटी अस्पतालमा ८२ आइसीयू र ३९ भेन्टिलेटरमा, स्टार अस्पतालमा ११ आइसीयू र ६ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

मनमोहन अस्पतालमा १६ आइसीयू र ३ भेन्टिलेटरमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १७ आइसीयूमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ३१ आइसीयू र ६ भेन्टिलेटरमा, किस्ट अस्पतालमा १८ आइसीयू र ९ भेन्टिलेटरमा, धुलिखेल अस्पतालमा ५० आइसीयू र ७ भेन्टिलेटरमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *