आज देशभर ६८९१ जनामा कोरोना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट

काठमाडाैं, ४ जेठ

आज देशभर ६ हजार ८९१ जनालाई कोरोना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ३ लाख ५२ हजार ४१४ जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन  परीक्षण गर्दा ८ हजार २०३ हजार जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६  र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार ५२९ पुगेको छ। देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १९६ जना संक्रमितको निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *