साेमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ बैशाख

नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ३ हजार ७ सय ९४ पुगेको छ। गत २४ घण्टामा मात्र ९ हजार २ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९३ हजार १ सय ४१ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा १०, उदयपुरमा ५५, ओखलढुंगामा १३, खोटाङमा ६, झापामा १५४, धनकुटामा १, पाँचथरमा ७, भोजपुरमा ३, मोरङमा ३९९, संखुवासभामा ६, सुनसरीमा ९४ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा १४४, पर्सा १४६, बारामा ४०, महोत्तरीमा ८९, रौतहटमा ७७, सप्तरीमा १५, सर्लाहीमा १८ र सिरहामा २४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ७ सय ७५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १२७, चितवनमा ३९२, दोलखामा ६, धादिङमा ७०, नुवाकोटमा २३, भक्तपुरमा ३२७, मकवानपुरमा २३८, रसुवामा ८, रामेछापमा १७, ललितपुरमा ५०५, सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा १६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ४७३, गोरखामा ६२, तनहुँमा ३९, नवलपरासी पूर्वमा ८३, पर्वतमा ३७, मनाङमा २, म्याग्दीमा २१, लमजुङमा २४, बागलुङमा ३ र स्याङजामा २८ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ११५, गुल्मीमा २६, दाङमा २४६, नवलपरासीमा ७६, पाल्पामा १०८, प्युठानमा ४, बर्दियामा १४४, बाँकेमा २९५, रुपन्देहीमा ५३० र रोल्पामा ८ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ४, जाजरकोटमा २, जुम्लामा ९, दैलेखमा २९, रुकुम पश्चिमा १, सल्यानमा ४ र सुर्खेतमा ३ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ७३, कञ्चनपुरमा ३९५, कैलालीमा ३४०, डडेल्धुरामा ३८, बाजुरामा #, दार्चुलामा १, बझाङमा १ र बैतडीमा @ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *