देशभरका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट चलाउन राष्ट्रिय प्रेषण केन्द्र स्थापना

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ७ चैत

मन्त्रालयले केन्द्रका लागि माग्यो एचए र नर्स

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट परिचालन गर्ने भएको छ। मन्त्रायले यसका लागि राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ समेत जारी गरेको छ।

मन्त्रालयले उक्त निर्देशिका अनुसार नै एकद्वार प्रणालीबाट एम्बुलेन्स परिचालन गर्न एवं समन्वय गर्न राष्ट्रिय प्रेषण केन्द्र समेत स्थापना गरेको छ।

उक्त केन्द्र सञ्चालनका लागि मन्त्रालयले हेल्थ असिस्टेन्ट र नर्सहरु नियुक्त गर्न लागेका छन्। मन्त्रालयले तीन जना नर्स र ३ जना एचएका लागि रोजगारी खुलाएको हो।

मन्त्रालयले योग्यता पुगेका उम्मेदवारलाई सात दिनभित्र निवेदन दिन भनेको छ। निवेदन अनलाइन दिन सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *