शनिबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ बैशाख

नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ८५ हजार ८ सय ९० पुगेको छ। गत २४ घण्टामा मात्र ८ हजार ४ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८३ हजार ४ सय ९३ जना सक्रिय संक्रमित छन्।

प्रदेश १ को इलाममा ५, उदयपुरमा १९, ओखलढुंगामा २, खोटाङमा ७, झापामा २७६, ताप्लेजुङमा ८, धनकुटामा ९, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा २५४, संखुवासभामा २, सुनसरीमा १५७ र सोलुखुम्बुमा २५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ११६, पर्सा १०७, बारामा २८, महोत्तरीमा ४२, रौतहटमा ४९, सप्तरीमा १२, सर्लाहीमा २१ र सिरहामा २१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १२५, दोलखामा ८, धादिङमा ६८, नुवाकोटमा ४४, भक्तपुरमा ३८१, मकवानपुरमा १३४, रसुवामा २४, रामेछापमा ४९, ललितपुरमा ४६२, सिन्धुपाल्चोकमा ५२ र सिन्धुलीमा १०७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २८५, गोरखामा २०, तनहुँमा १३, नवलपरासी पूर्वमा १३, पर्वतमा ५, मुस्ताङमा १, म्याग्दीमा १३, लमजुङमा ७, बागलुङमा ४ र स्याङजामा २२ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा २८, गुल्मीमा १९, दाङमा १८९, नवलपरासीमा ८१ पाल्पामा ९२, प्युठानमा १५, बर्दियामा ११३, बाँकेमा ५५५, रुपन्देहीमा ८६१ र रोल्पामा ५ जनामा कोरोना पाइएको छ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कालिकोटमा ७, जाजरकोटमा १५, जुम्लामा ५, डोल्पामा २, दैलेखमा ६३, मुगुमा १, रुकुम पश्चिमा १८, सल्यानमा ४७, सुर्खेतमा ५९७ र हुम्लामा २ जनामा कोरोना भेटिएको छ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४१, कञ्चनपुरमा ५, कैलालीमा १०, डडेल्धुरामा २९, डोटीमा २१, दार्चुलामा ४, बझाङमा १ र बैतडीमा १११ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *