आज देशभर ३३७० कोरोना संक्रमित निको भए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ बैशाख

देशभर एकैदिन ३ हजार बढी कोरोना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा मात्र मात्र ३ हजार ३ सय ७० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ। यो दर कुल संक्रमितको ७७ दशमलव ४२ प्रतिशत हो। यसअघि शुक्रबार २ हजार ९ सय ५ जना संक्रमित निको भएका थिए।

हालसम्म कोरोना निको हुनेमा काठमाडौंमा माज्ञ १ लाख १४ हजार ५ सय ८० जना छन्। ललितपुरमा १७ हजार ६ सय १३ र भक्तपुरमा ९ हजार ९ सय १४ जना निको भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *