काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, आज थपिए ९४३

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ असाेज

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १०३ पुगेको छ।

काठमाडौंमा २० हजार ३९३, ललितपुरमा २ हजार ५२५ र भक्तपुरमा  २ हजार १८५ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १९११  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या ७९ हजार ७२८ पुगेको छ। २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *