कैलाली जिल्लामा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको छ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सूचना निकालेर अर्को आदेश नहुञ्जेल कर्फ्यु जारी रहने उल्लेख गरेका छन्।
कोरोनाभाइरसको संक्रमण जिल्लामा भित्रन नदिन र अनावश्यक भीडभाड रोक्न कर्फ्यु लगाइएको हो।
कर्फ्यु अवज्ञा गर्नेलाई कडा कारबाही गर्ने प्रशासनले जनाएको छ।
भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, फोहोर संकलन, विद्युत लगायत अत्यावश्यक सेवा भने सुचारू नै रहनेछ।