चीनका प्रतिनिधिमण्डल टोली भक्तपुरमा

पर्यटन समाचार

भक्तपुर, ७ पुस


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल र चीनको तिब्बतबीच संयुक्त पर्यटन समन्वय समितिको ११ औं बैठकमा भाग लिन आएका चीनको स्वशासित क्षेत्र तिब्बतका प्रतिनिधिमण्डलको टोलीलाई सोमबार भक्तपुर नगरपालिकामा स्वागत गरे ।
सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको आर्थिक विकासमा पर्यटन उद्योगले ठूलो योगदान गरिरहेको बताए । भक्तपुरको पर्यटन विकास लागि भक्तपुरको कला संस्कृति र सम्पदा संरक्षण गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुर नगरपालिकाले २०७६ चैत ४–८ गतेसम्म भक्तपुर महोत्सवको तयारीमा जुटिरहेको बताए ।
स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले जारी गरेको घोषणापत्रअनुरुप शिक्षा, स्वास्थ्य, कला–संस्कृति, पर्यटनलगायतका क्षेत्रमा अगाडि बढिरहेको बताउदै प्रमुख प्रजापतिले भक्तपुरमा पर्यटक आकर्षण गर्न नगरपालिकाले पर्यटकलक्षित गतिविधि गरिरहेको बताए ।
कार्यक्रममा चीनको स्वशासित क्षेत्र तिब्बतका सामान्य प्रशासन उपमहासचिव तानपा या·फेइ ले भक्तपुर नगरमा स्वागत गरेकोमा धन्यवाद दिए ।
प्रतिनिधिमण्डल टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्यटन विकास विभागका उपमहानिर्देशक चीयुय् , परराष्ट्र मामिला कार्यालयका उपमहानिर्देशक ल्यु सुसन, तिब्बत क्षेत्रीय नागरिक उद्दयनका उपमहानिर्देशक युआन चुओ छि· , वाणिज्य विभागका उपनिर्देशक वाङ फि· , होटल व्यवसायी संघका सभापति तान या· , पर्यटन विभाग पदोन्नति शाखाका उपनिर्देशक चुओ , पर्यटन विभागका कर्मचारी पासा· तुन्चु , र दोभाषे तावा युचेन सहभागी थियो ।
उक्त टोलीले भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *