३७ वर्षीय संक्रमितको बेड खोज्दाखोज्दा अस्पतालमै मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २० बैशाख

सिन्धुपाल्चोकका एक कोरोना संक्रमितको मृत्यु भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीय  एक पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जनाएको छ।

शुरुमा उनलाई काेराेनाकाे लक्षण देखिएकाे थियाे। लक्षण देखिएपछि उनी शुक्रवार चाैतारा जिल्ला अस्पताल भर्ना भएका थिए। उनलाई झन समस्या भयाे। लगत्तै जिल्ला अस्पतालबाट धुलिखेल अस्पताल रिफर गरियाे। साेही दिन बेलुका कोभिड पोजेटिभ भएकाे रिपोर्ट प्राप्त भयाे।

यति बेलासम्म उनकाे अवस्था गम्भीर भइसकेकाे थियाे। उनी अक्सिजनका लागि छटपटाई रहेका थिए। तर अस्पतालमा बेड खाली थिएन। न आईसियू थियाे न त भेन्टिलेटर नै थियाे।

काेराेना बेडमै रहेका उनको बिहान मृत्यु भयाे। चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो। आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *